नवलपरासीमा कर्मचारीद्धारा चिसोबाट जोगाउनको लागी कम्मल वितरण

12

श्याम थापा
सुस्ता १४ माघ

नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय कार्यसमिती बिपद् व्यवस्थापन बिभागले नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका वठा न.५ पकलिहवामा अतिबिपन्न तथा जेष्ठ नागरिकहरुलाई चिसो बाट जोगाउनको लागी राहात स्वरुप कम्मल बितरण गरेको छ ।

नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय कमिटीका बरिष्ठ उपाध्यक्ष लोकनाथ कोईरालाको अध्यक्षतामा र सुस्ता गाउँपालिकाको प्रमुख राम प्रसाद पाण्डेको प्रमुख अतिथ्यतामा नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय कार्यसमिती बिपद् व्यवस्थापन बिभागले एक कार्यक्रम गरि राहात स्वरुप अतिबिपनन तथा जेष्ठ नागरिकहरुलाई न्यानोको लागी कम्मल बितरण गरिएको हो ।

सुस्ता गाउँपालिकाको वडा न.५ पकलिहवा स्थित रतनगंज,सेमरी मुसहर टोल,तरैनी चमार टोल,महलबारी र चन्द्रगञ्ज लगायतका टोलहरु गरि १ सय १४ जना अतिबिपन्न गरिब तथा जेष्ठ नागरिकहरुलाई कम्मल बितरण गरिएको नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यकमिटीका सह सचिव बिष्णु प्रसाद ढकालले बताउनु भयो ।

त्यस्तै सुस्ता गाउँपालिकाको गरिब वडाको सुचीमा रहेको वडा न.५ पकलिहवामा प्रायजसो दलित जातीहरुको बसाइको बाहुल्यता रहेको र दलितमा पनि गरिब समुदायहरु बढी रहेको कारणले ति समुदायका ब्यक्तिहरुलाई चिसोबाट बचाउनको लागी राहात स्वरुप कम्मल बितरण गर्नु आवश्यक ठानेर पकलिहवामा बितरण गरिएको नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यकमिटीका कोषाध्यक्ष गणेश प्रसाद घिमिरेले जानकारी दिनु भयो ।