4 C
New York
Wednesday, November 12, 2025

Buy now

spot_img
spot_img

नवलपरासीमा अन्तरविद्यालय अतिरिक्त क्रियाकलाप शुरू

- Advertisement -


पप्पु रेग्मी, बर्दघाट, १४ कार्तिक २०८१
बर्दघाट नगरपालिका साविक दाउन्नेदेवी क्लस्टरका तीन वटा वडा अतर्गतका वडा नम्बर १४,१५ र १६ को संयुक्त आयोजनामा तेस्रो अन्तर विद्यालय प्राथमिक तह खेलकुद तथा अतिरिक्त क्रियाकलाप शुक्रबारबाट सुरु भएको छ ।
बर्दघाट नगर वडा नम्बर १४ का वडा अध्यक्ष सन्त बहादुर गाहाको अध्यक्षता एवं लुम्बिनी प्रदेश सभा सदस्य बिश्वप्रेम पाठकको प्रमुख आतिथ्यतामा कार्यक्रमकाे उद्घघाटन गरिएको थियो ।
उद्घघाटन सत्रमा प्रमुख अतिथि पाठकले “पछिल्लो समयमा नगरमा भएका सामुदायिक बिद्यालयहरुको नतिजा गत वर्ष भन्दा अझै राम्रो भएको बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश चन्द्र अधिकारी, वडा नम्बर १६ का वडा अध्यक्ष भिमकाजी गुरूङ, सरस्वती मा.बि.का प्रधानाध्यापक सोमनाथ अधिकारी लगायतले आफ्ना धारणा राख्दै, शैक्षिक क्रियाकलाप सङ्गै विद्यार्थीहरुकालागि अतिरिक्त क्रियाकलाप पनि आवश्यक रहेको बताउनु भयो । कार्यक्रम शुक्रबारबाट शुरु भएको अतिरिक्त कृयाकलाप प्रतियोगिता विभिन्न विद्यालय हुँदै १६ गते समापन हुने वडा नम्बर १४ का सचीव टङ्कनाथ भण्डारीले जानकारी दिनुभयो । ११ वटा बिद्यालयहरु सहभागी रहेको अतिरिक्त क्रियाकलापमा खेलकुद का विभिन्न बिधाहरु समावेस गरिएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme