सुस्ता । पश्चिम नवलपरासीको सुस्तामा पसल गरेका एक सुनचाँदी व्यवसायी माथि सनिवार गोली प्रहार गरिएको छ ।
बर्दघाट नगरपालिका बस्ने अन्दाजी बर्ष ६५ को सुनचाँदी व्यवसायी गजेन्द्र बिश्वकर्मा सुस्ता गाउँपालिका वार्ड न १ बरुवामा रहेको सुनचाँदी पसल बन्द गरेर घर फर्किने क्रममा बर्दघाट नगरपालिका वार्ड न १६ स्थित केराबारी गाउँको नजिक पुलमा अज्ञात ब्यक्तिको गोली प्रहारबाट घाइते भएका हुन् ।
उपचारको लागि उनलाई चिसापानी अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताएका छन् ।
सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बोहराका अनुसार घाइते बिश्वकर्माको पाखुरामा गोली लागेको र उपचारका लागि बुटवलको तिनाउ अस्पतालमा पठाएको र गोली प्रहार गर्ने ब्यक्तिको खोजी कार्य भइरहेको छ ।