श्याम थापा
सुस्ता १३ जेष्ठ
नवलपरासीको सुस्ता गाउँपालिकामा २ महिने ब्युटिसियन तालिम संचालन भैरहेको छ ।
सुस्ता गाउँ कार्यपालिका कुडियाको आयोजनामा भएको २ महिने ब्युटिसियन तालीमको एक कार्यक्रम गरि उद्वघाटन गरिएको छ ।
सुस्ता गाउँपालिका वार्ड न २ का वडा अध्यक्ष किशन लाल मुखियाको अध्यक्षयतामा र सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेको प्रमुखअतिथ्यतामा भएको उद्वघाटन कार्यक्रममा बोल्दै सुस्ता गाउँपालिकाका अध्यक्ष पाण्डेले सुस्ता गाउँपालिकाका सम्पूर्ण युवा युवती तथा महिलाहरुलाई विभिन्न सिपमुलक तालिमहरु गाउँपालिका बाट आयोजना गरि बेरोजगार मुक्त गाउँपालिका बनाउने अठोट लिनु भएको उहाँ ले बताउनु भयो ।
साथै दिन प्रति दिन युवाहरु वैदेशिक रोजगारमा आकर्षित भैरहेको हुँदा तेस्लाई न्युनिकरण गरि स्वदेश मै रोजगारीको बाताबरण सिर्जना गरि युवाहरूलाई आफ्नै देशमा आत्मनिर्भर बनाउनका लगि गाउँपालिकाबाट विभिन्न योजना रहेको र सुस्ता गाउँपालिकाको प्रत्येक घरमा एक घर एक दक्ष ब्यक्ती तयार गर्ने अध्यक्ष पाण्डेले प्रतिबद्धता पनि जनाउनु भएको छ ।
भने सो तालिममा सुस्ता गाउँपालिकाको वार्ड न १ देखि ५ सम्म गरि २५ जना महिलाहरुको सहभागिता रहेको थियो । तालीमको प्रशिक्षण माया महतोले गर्नु भएको छ ।