जिल्लामा सनिवार भएकाे आगलागीकाे अधिकांश घटनामा आगाे सीमापारीबाट सल्केर आएकाे हाे ।
आगाे रूपन्देही जिल्ला र भारतबाट सल्केकाे हाे ।
नवलपरासी । शनिवार नवलपरासी जिल्लाकाे विभिन्न १२ स्थानमा आगलागीकाे घटना दाेहाेरिएकाे छ । ति सबै स्थानमा गहुँ खेतबाट सल्केकाे आगाेबाट गहुँकाे नल, खेतमा काट्न तयार रहेकाे गहुँबाली नष्ट हुनुका साथै गाउंमा पसेकाे आगाेले केही घरहरूमा समेत क्षति पुर्याएकाे छ ।
रामग्राम नगरपालिका वडा नं. १६ स्थित हकुई गाँउ, अमवा गाँउ, बकेनवा गाँउ तथा रामग्राम नगरपालिका कै वडा नं. १० नौडिहवा र जमुनिया गाँउमा आगलागी भएकाे छ । त्यस्तै, पाल्हिनन्दन गाउँपालिकाकाे वडा नं. ६ पडरीमा सनिवार फेरी आगलागी भएकाे छ । सुक्रवार पडरीमा भएकाे आगलागीमा १४ जनाकाे घरगाेठ जलेकाे थियाे ।
सरावल गाउँपालिकाकाे वडा नंं. ७ गणेशपुरमा गहुं खेत नलमा आगाे लागेकाे हाे । दिउसाे १ बजे भएकाे आगलागीका सबैजसाे घटनामा अबेरसम्म नियन्त्रण पाइसकिएकाे छ ।
नवलपरासी जिल्लाकाे पाल्हिनन्दन गा.पा. ६ पडरी स्थित खेतमा लागेको आगो सल्किदै हावाहुरीको कारण खेतको बिचमा रहेको नारद हरिजनको टिनले छाएको कच्ची घर जली नष्ट भएको छ । सोही आगो सनई स्थित खेतमा पुगि खेत नजिकै रहेको अनिरुद्र केवटको खरले छाएको कच्ची घर जली नष्ट भएको जिल्ला प्रहरी पश्चिम नवलपरासीले जनाएकाे छ । आगलागीले बरवा, सनइ र जाेगियाबारीमा क्षति पुगेकाे छ । नवलपरासी जिल्लाकाे पश्चिमतर्फ रहेकाे रूपन्देही जिल्लाकाे चम्किपुर गाँउबाट सल्केकाे नवलपरासी प्रहरीले जनाएकाे छ ।
त्यस्तै, दिउंसाे १ बजे नवलपरासी जिल्लाकाे रामग्राम न.पा. १६ हकुई गाँउ, अमवा, बकेनवा तथा वडा नं. १० नौडिहवा र जमुनिया गाँउमा आगलागी भएकाे हाे । याे आगलागीकाे घटना पनि रुपन्देही जिल्ला कै चम्किपुर गाँउबाट लागेको आगो सल्किदै हावाहुरीको कारण नवलपरासीकाे साे क्षेत्रमा आगलागी भएकाे जिल्ला प्रहरी नवलपरासीले जनाएकाे हाे ।
आगोलागी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी, गोरखदल गण नवलपरासी, बर्दघाट नगरपालिकाको दमकल र स्थानियकाे सहयोगमा अपरान्ह ५ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको बताइएकाे छ । मानविय तथा पशु चौपाया क्षती भएको छैन।
त्यस्तै, सरावल गाउँपालिकाकाे वडा नंं. ७ मा सीमापारीकाे भारतीय खेतकाे आगाे सल्किदै गणेशपुरमा गहुं खेत नलमा दिउसाे १ बजे आगाेलागी भएकाे हाे । साे स्थानमा पुगेकाे दमकल र स्थानीयवासीकाे सहयाेगमा आगाे अबेर नियन्त्रणमा आएकाे हाे ।
सनिवार भएकाे आगलागीका अधिकांश घटनामा आगाे सीमापारीबाट सल्केर आगलागी भएकाे हाे । रामग्राम र पाल्हीनन्दनमा लागेकाे आगाे रूपन्देही जिल्लाबाट सल्केकाे हाे भने सरावल ७ मा लागेकाे आगाे भने भारतीय खेतबाट सल्केर आएकाे हाे ।
घटनामा भएकाे क्षतिकाे विवरण संकलनकाे कार्य भैरहेकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएकाे छ ।