उमेश बि.क, नवलपरासी / १३ मंसिर
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा अाजदेखि अाैधाेगिक ब्यापार मेला सुरु भएको छ।”शान्ति समृद्ध उद्योग र ब्यापार , राष्ट्रिय निर्माणकाे बलियो अधार” भन्ने मुल नाराकाे साथ अाजदेखि अाैपचारिक रुपमा उद्घाटन गरि मेला सुरु भएको छ।
उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारीकाे अध्यक्षता तथा सार्क उद्योग बाणिज्य महासंघ उपाध्यक्ष एवम नेपाल उद्योग बाणिज्य महासंघ पुर्ब अध्यक्ष चण्डीराज ढकालकाे प्रमुख अातिथ्यतामा अाैधाेगिक ब्यापार मेला सुरु भएको हाे।
अाैधाेगिक ब्यापार मेलालाई सम्बाेधन गर्दै सार्क उद्योग बाणिज्य महासंघ उपाध्यक्ष एवम नेपाल उद्योग बाणिज्य महासंघ पुर्ब अध्यक्ष ढकालले उद्योग बाणिज्य संघ उद्योगहरुकाे बलियो संस्था भएको बताउनुभएको छ। उद्योग बाणिज्य संघहरु नेपाललाई समृद्ध नेपाल बनाउन लागि परेको बताउनु भएकाे छ।
२०६७ सालमा परासीमा लागेको अाैधाेगिक व्यापार मेला पछि सुनवलमा लागेर परासी क्षेत्रमा अाेझेलमा परेको थियाे। जिल्लाकै पुरानो नगरपालिका रामग्राम नगरपालिका सदरमुकाममा अाफ्नाे पहिचान बनाउन सकेको थिएन तर यश मेलाले नयाँ पहिचान बन्ने विभिन्न बक्ताहरुले बिचार राख्नुभयाे।
जिल्ला उद्योग बाणिज्य संघ नवलपरासी याे मेला संगै ५ वटा मेला लगाउन सफल बन्न गइरहेको छ।मेलाले उद्योग ब्यापार , कृषि ,अाधुनिक यन्त्रहरु संगै विभिन्न पर्यटकीय क्षेत्रकाे प्रदर्शनि गरिरहेको छ। जिल्लामै रहेको रामग्राम स्तूप , पण्डितपुर,पाल्हि भगवतीकाे मन्दिर र त्रिवेणि धाम लगाएत क्षेत्रहरुकाे पर्यटकीय स्थलको रुपमा पहिचान गराउने मेला अायाेजक बतायो । याे मेला मंसिर १३ गतेदेखि मंस ३३ गतेसम्म सन्चालन हुनेभएको छ।