-10.7 C
New York
Wednesday, January 22, 2025

Buy now

spot_img
spot_img

नारायणी नदीमा विगत २२ वर्षकै सबैभन्दा उच्च बाढी

spot_img
spot_img

नवलपरासी । नारायणी नदीमा विगत २२ वर्षकै सबैभन्दा धेरै पानी बगेकाे छ । आइतवार विहान ६ बजे ४ लाख ३६ हजार ५०० क्युसेक पानी बहाव मापन गरिएकाे छ ।

इ.स. २३ जुलाइ २००२ अर्थात वि. सं. २०५९ मा नारायणी नदीमा ४ लाख २९ हजार ५० क्युसेक पानी बगेकाे थियाे । त्यसबेला नारायणीकाे बाढीले त्रिवेणीकाे ठठिया खाेलानजिक बांध बगाइ गाउँमा पसेकाे थियाे ।

नदीमा भइरहेकाे उच्च बहाव जाेखिमपुर्ण अवस्थामा पुगेपछि त्रिवेणी व्यारेजकाे सबै ३६ वटा ढाेका खाेलिएर पानी बगाइएकाे छ । हिजाे सनिवार एकैदिनमा २ लाख ४० हजार १०० क्युसेकले पानीकाे बहाव बढ्नु आफैमा एक रेकर्ड कायम गर्नु हाे । मध्यान्ह १२ बजे १ लाख ६१ हजार क्युसेक र दिउंसाे २ बजेकाे समयमा २ लाख १८ हजार क्युसेक मात्रा पुगेकाे थियाे ।

बाढीका कारण नारायणी नदीमा बढ्दै गरेकाे बाढीकाे पानीले बढेपछि व्यारेजकाे तल्लाे तटीय क्षेत्रका स्थानीयवासीन्दा त्रसित बनेका छन् ।

बाढीले नारायणी नदीकाे तटीय क्षेत्रमा रहेकाे बस्तीहरूमा सुस्ता गाउँपालिकाकाे वडा नं. ३, ४ र ५ का स्थानीय वासीन्दा जाेखिममा रहेकाे बताइएकाे छ । अविरल वर्षाका कारण नारायणी नदीमा सनिवार बिहानैदेखि लगातार रूपमा पानीकाे बहाव बढ्न थालेपछि तटीय क्षेत्रमा जाेखिम बढ्दै गएकाे हाे ।

लगातार रूपमा बढ्दाे क्रममा रहेकाे पानी बहावकाे याे मात्रा यसवर्ष अहिलेसम्मकै सबैभन्दा धेरै हाे । वर्षायाम शुरू भएदेखि नारायणी नदीमा पहिलाे पटक पानीकाे बहाव ४ लाख क्युसेक नाघेकाे हाे ।

नारायणी नदी कै देवघाटमा पानीकाे बहावले चेतावनीकाे तह पार गरेकाे छ । देवघाटमा पानीकाे बहाव क्रमशः घट्न थालेकाे छ । विहान ६ बजे देवघाटमा पानी घटेर ४ लाख २० हजार पुगेकाे छ । देवघाटमा घटेकाे पानिकाे बहावले त्रिवेणीमा अब क्रमशः बाढी घटने संकेतदेखिएकाे छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme