श्याम थापा
बाङ्लादेश १५ मंसिर ।
नदि अधिकार मञ्च दक्षिण एसियाको अध्यक्ष पदमा बृजराज कुशवाहा सर्वसम्मत चयन हुनु भएको छ ।
अन्तर्देशिय नदी ब्यबस्थापनका लागी नागरिक दबाब निर्माण गर्न बङलादेशको राजशाही अन्तर्गत गोदागरिमा भएको दक्षिण एसिया स्तरिय नदी अधिकार मञ्चको सम्मेलनले नेपालका बृजराज कुशवाहा लाई अध्यक्ष चयन गरेको हो ।
सम्मेलनले बृजराज कुशवाहा को अध्यक्षतामा ५० सदस्यीय समिती पनि गठन गरेको छ । जसको दुई वटा उपाध्यक्ष रहेको छ । जसमा बाङ्लादेशको शमशेर अलि र ईन्डियाको मुख्तार इस्लाम रहेको छ ।
सम्मेलन कार्यक्रमले नदि अधिकार मञ्चको अगामी बैठक नेपालमा गर्ने र नेपालमा हुने बैठकले थप कार्यबिधी तयार गरि अघि बढ्ने अध्यक्ष कुश्वाहाले बताउनु भएको छ ।
नदि तटीय क्षेत्रमा बासोबास गर्दै आएको नेपाल, भारत र बाङ्लादेशका नदि पिडितहरुको साझा समस्या रहेकोले सो समस्यालाई विभिन्न माध्यमबाट समस्या समाधान गर्न र यश बिषयमा तीन देश कै सरकारलाई नेपालमा गण्डक, भारतमा गङ्गा र बाङ्लादेशमा पदमा एउटै नदि ३ देशमा फरक फरक नामले चिनिने नदिका पीडितले भोगेका सास्तीलाई अन्भुत गराई राज्यबाटै समस्या समाधान गर्नको लागि ११ बुदे घोषणा पत्र पनि तयार गरेको छ ।
सो सम्मेलनमा नेपालबाट बृजराज कुश्वाहा र बद्री प्रसाद सुबेदीले, भारतबाट तर्कुल इस्लाम र बाङ्लादेशबाट शमशेर अलिले आ आफ्नो नदिबाट समुदायले भोगेका पीडाबारे धारणा राखेको थिए ।