अनिल यादव, नवलपरासी, पुष १८ ।
जिल्लाका विभिन्न नदिखोलाबाट अवैध रूपमा भईरहेको नदिजन्य पदार्थकाे चोरी निकासी नियन्त्रण गर्नका लागि नागरिक समाजले जिल्ला समन्वय समिति नवलपरासीलाइ ज्ञापन पत्र बुझाइ माग गरेको छ ।
गत वर्ष देखिनै बर्दघाट सुस्ता पश्चिमका विभिन्न नदिखोलाको ठेक्कापट्टा बन्द भएको भएपनि चोरीनिकासी राेकिएकाे छैन, बरू बढेकाे छ । स्टककाे नाममा माफियाहरू कराैडाैं कमाउदै प्राकृतिक श्राेतकाे दाेहन गरिरहदा प्रहरी प्रशासन बेखबर बनेकाे अवस्थालाइ इंगित गर्दै ध्यानाकर्षण गराइएकाे हाे ।
ठेक्का बन्द भएपछि सर्वसधारणले नदिजन्य पदार्थको पहुँचबाट बन्चित भएका छन् भने खोला माफियाहरु प्रहरी प्रशासन लाई छल्दै चोरीनिकासी र भण्डारण गरीरहेका छन् ।
नागरीक समाज नवलपरासी बर्दघाट सुस्ता पश्चिमले आज जिल्ला समन्व्य समितिमा ज्ञापन पत्र बुझाउदै जिससका प्रमुखलाई ध्यानकर्षण गराएको छ । नदिजन्य पर्दाथहरुको ठेक्का नभएको कारणले गर्दा चोरी निकासी तथा अवैद्य भण्डारण भईरहेको गतिविधलाई रोक्न र चर्को मुल्यमा सोको विक्रि भएको कारण तत्काल ठेक्का गराई सर्वसधारणको लागि सहज बनाउन नागरीक समाजका अध्यक्ष शम्भु उपाध्ययले बताउनु भएको थियो ।
जिल्ला समन्व्य समतिका प्रमुख शिवशंकर रायले सरकारको स्थानिय निकायको निति अनुसार खोलाको ठेक्कामा स्थानिय तहनै गर्न पाउने भएको कारणले गर्दा त्यस्को प्रक्रिया अगाडि बढिसकेको बताउनु भएको छ । बर्दघाट सुस्ता पश्चिममा ७ स्थानिय तह मध्ये, सुनवल नगरपालि,बर्दघाट नगरपालिका, त्रिवेणी सुस्ता गाँउपालिकाहरुले ठेक्काको प्रक्रिया अगाडि भढाएको छ भने रामग्राम नगरपालिका र पाल्हीनन्दन गाँउपालिका गरेको छैन, बताउनु भएको छ ।