दैनिक उपभोग्य सामग्री खरिदका लागि डुङ्गाको जोखिमपूर्ण यात्रा ।

57
Exif_JPEG_420

रबिन्द्र यादव / नवलपरासी

दैनिक उपभोग्य सामग्री खरिदका लागि डुङ्गाको जोखिमपूर्ण यात्रा गर्न सुस्ताबासी बाध्य भएका छन । नवलपरासी जिल्लाको सुस्ता गाउपालिका वडा नम्बर ५ साबिक त्रिबेणी सुस्ता गाविस वडा नम्बर ४ सुस्ता गाउका बासिन्दाहरुले दैनिकी उपभोग्य चामल, पिठो दाल तरकारी मसाला तेल नुन लगायतका खद्दान खरिदका लागि जोखिमपूर्ण डुङ्गा चढेर करिब तीन चार किलोमिटर देखि तीस चालिस किलोमिटर सम्म भारतको बहुअार, बैठवलिया, करमहिया,निचलौल बजारमा जाने गरेका छन । सुस्ताबासीले भारत बिहारको नजिक बजार भेडिहारी, भैसालोटन मा दैनिकी उपभोग्य सामग्री किनमेल गर्न जादा भारतीय सुरक्षाकर्मीले चेकचाजको नाममा अनेक थरिका दुख दिनुका साथै परेशान गरि सताउने गरेकाे स्थानिय रबिन्द्र जयसवाले बताउनु भयो । विगतको बर्षमा दैनिकी उपभोग्य सामग्री खरिदका लागि यात्रा गर्दा डुङ्गा पल्टिएर सुस्ताबासीको ज्यान समेत गइसकेको छ । सुस्तामा सुत्केरी अवस्थामा रहेकी महिलालाई अस्पताल सम्म ल्याउन निकै समस्या देखिएको हुन्छ । यसैगरी कक्षा ९ र १० अध्ययनका लागि बालबालिकाहरु डुङ्गामा जोखिमपूर्ण यात्रा गरि पक्लिहवा अाउने गरेका छन । सुस्ता गाउमा दुई सय ६५ घरधुरी रहेको छ भने महिला तथा पुरुष गरि करिब तीन हजार एक सय ७५ जनाको जनसंख्या रहेको छ । सुस्ताबासीको सुरक्षित यात्राका लागि वर्तमान सांसद देवकरण कलवार सन्तुको विशेष पहलमा एसिया कै दोस्रो झुल्ङ्गे पुल बनिरहेको छ तर अहिले दस महिना बितिसक्दा पनि ५ प्रतिशत काम पूरा भएको छैन जुन तीन बर्ष भित्र पुरा गरि पुर्ण रुपमा संचालन गर्नु पर्ने हो । झुल्ङ्गे पुलको लम्बाइ एक हजार पाच सय ७५ मिटर चौडाइ १.७ मिटर रहेको छ । त्रिशूली एण्ड जेभी कन्ट्रकस काठमाडौ लाई पुल निर्माणका लागि ठिका दिइएको छ तर ठिकदारले विभिन्न बहाना बताउदै झुल्ङ्गे पुल निर्माणमा ढिलासुस्ती गरिरहेकोले यस ठिकदारको ठिका लाई रद्द गरि पुल निर्माणका लागि अरु ठिकदार लाई जिम्मा दिनु पर्ने स्थानिय समाजसेवी अोमप्रकाश जयसवाले बताउनु हुन्छ । सुस्तामा बिजुली, खानेपानी ,अस्पताल , उच्च शिक्षा कमी रहेको छ