18.5 C
New York
Thursday, April 23, 2026

Buy now

spot_img
spot_img

देशमा सवारी दुर्घटनामा परि ६ जनाको ज्यान गयाे

- Advertisement -

काठमाडौं, ३१ भदौ

रामेछाप, धादिङ र सिन्धुलीका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

रामेछाप, मन्थली नगरपालिका-६ हात्तिटारस्थित सडकमा काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको प्रदेश ३-०१-०२३ च ३५१३ नम्बरको बोलेरो सडकबाट करिब ७ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । मृत्यु हुनेहरूमा बोलेरो चालक ओखल्ढुङ्गा खिजिदेम्बा गाउँपालिका-६ फलाटे बस्ने ३५ वर्षीय लाक्पा शेर्पा, खिजिदेम्बा गाउँपालिका-२ दुब्ले बस्ने ३५ वर्षीय वाङ्छु शेर्पा र उनकी श्रीमती २८ वर्षीया फुर्वा शेर्पा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूका छोरा ७ वर्षीय धावा शेर्पाको तामाकोशी अस्पताल मन्थलीमा सामान्य उपचार पछि थप उपचारका लागि बि एण्ड बि अस्पताल ललितपुरतर्फ पठाइएको छ ।

धादिङ, थाक्रे गाउँपालिका-७ सोप्याङखोलास्थित सडकमा ना.५ ख ८६४२ नम्बरको ट्रक व्रेकफेल भई सडकबाट करिब ८० मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा ट्रकमा सवार मकवानपुर थाहा नगरपालिका-१ बस्ने ४३ वर्षीय सुन्दर प्रधानको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी धादिङ, गल्छी गाउँपालिका-६ महेष दोभानस्थित सडकमा ना.५ ख ४८९५ नम्बरको मिनि ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ डेरा गरी बस्ने ५५ वर्षीय प्रेम राईको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको गल्छी स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । मिनि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुली, सुनकोशी गाउँपालिका-५ मुलकोटस्थित सडकमा प्रदेश २-०३-०१४ प ३४८९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक २६ वर्षीय अजमद अन्सारीको घटनास्थलमै मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme