देशभक्त युवा क्लब मगरमुडहा सेमीफाइनलमा प्रबेश

40

उमेश बि.क / नवलपरासी ,२७ पुस

नवलपरासीको सरावल गाउँपालिकामा जारी ‘‘प्रथम सरावल अध्यक्ष गाेल्ड कप फुटबल प्रतियोगीतामा देशभक्त युवा क्लब मगरमुडहा सेमीफाइनलमा प्रवेश गरेको छ ।

अाज भएको प्रतियोगिताको क्वाटर फाइनलमा रेशमराज हातिवनलाई १ को बिरुद्ध १० गोलले पराजित गर्दै देशभक्त युवा क्लब मगरमुडहा सेमीफाइनलमा प्रवेश गरेको छ।

भएको खेलमा देशभक्त युवा क्लब मगरमुडहाका खेलाडी बिनाेद चाैधरीलाई म्यान अफ द म्याचले सरावल गाउँपालिका उपाध्यक्ष उतमा रायबाट ट्राफि सहित सम्मान गरिएको छ।

यस्तै भोली २८ बिगहा,कावसाेति र भैरव फुटबल क्लब गाेपिगन्ज बिच हुने आयोजकले जनाएको छ ।

गाउँपालिका स्तरीय खेलकुद समितीको आयोजना तथा सरावल गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित माघे संक्रान्तिको पावन अवसरमा प्रथम सरावल अध्यक्ष गाेल्ड कप फुटबल प्रतियोगीता जारी रहेको छ ।

प्रतियोगिता आउदो माघ पाँच गतेसम्म संचालन हुने खेलकुद समितीका अध्यक्ष महेन्द्र चौधरीले जानकारी दिनुभयो । यस्तै प्रतियोगितामा प्रथम हुनेलाई १ लाख २५ हजार र द्धित्तीय हुने समुहलाई ७५ हजार साथै गोल्ड मेडल प्रदान गरिने अध्यक्ष चौधरीले बताउनुभयो ।