पप्पु रेग्मी, बर्दघाट, १४ असाेज ।
पूर्व-पश्चिम राजमार्गअर्न्तगत पश्चिम नवलपरासी जिल्लाको दाउन्नेमा सडक भासिए पछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
जिल्लाको दाउन्ने क्षेत्रमा पर्ने खुर्सानिखोला नजिकै पूर्व पश्चिम राजमार्ग भासिदा यातायातका साधनहरू अवरुद्ध भएको बर्दघाट प्रहरीले जनाएको छ ।
साेमवार दिउसो करिब ५ः३० बजेको समयमा राजमार्ग भासिदा यातायातका सवारी साधनहरु आवत जावत गर्न सकेका छैनन् ।
लगातार दुई दिन सम्म अाएकाे वर्षातको कारणले हाइटेन्सन लाइनको पोल ढलेको र सडक किनारको केही भाग भासिएकोले सवारी साधन पूर्णरूपमा चल्न नसकेको प्रहरीले बताएको छ ।
सडक भासिएको र पोल ढलेकोले यातायात अवरुद्ध भएपछि सयौँ यात्रु सडकमा अलपत्र परेका छन् । सडक डिभिजन कार्यालय र विद्युत कार्यालय नवलपरासीसँग समन्वय गरेर अवरोध हटाउने काम भइरहेको जनाइएको छ ।