दाइजो प्रथा विरुद्ध मन्चिय नाटक एवम् विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

756

उमेश वि.क सरावल ।

फाल्गुन १३ । नवलपरासीको सरावल गाउँपालिका ४ हातीबनमा दाइजो प्रथा बिरुद्ध मन्चिय नाटक एवम् बिविध सांस्कृतिक कार्यक्रम गरिएको छ ।

ए.बि.सि नेपालकाे अायाेजना एवम् स्ट्राेम फाउन्डेसनकाे सहयोगमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रम राेशन ज्याेति सम्बाद केन्द्रकि अध्यक्ष कुन्ति यादवकाे अध्यक्षतामा तथा समाजसेवी एवम् नेपाली काङ्ग्रेस सरावल गाउँपालिका समन्वय समिति संयाेजक बिनाेद कुमार पाण्डेयकाे प्रमुख आतिथ्यता तथा सिद्धार्थ मा.बि गाेबरहियाकाे प्र.अ.सुखाडि प्रसाद चाैधरीकाे बिशेष अातिथ्यतामा दाइजो प्रथा बिरुद्ध बिरुद्ध मन्चिय नाटक एवम् बिविध सांस्कृतिक कार्यक्रम अाज सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै समाजसेवी एवम् नेपाली काङ्ग्रेस सरावल गाउँपालिका समन्वय समिति संयाेजक पाण्डेयले दाइजो प्रथा बिरुद्ध मन्चिय नाटक अहिलेको अवस्थामा बालबालिका, युवा र महिला दिदिबहिनीहरुको लागि अति आवश्यक रहेको बताउनु भयो। दाइजो प्रथा सामाजिक अपराध हाे।

दाइजो प्रथाकाे कारणले कयौं घरबार तहसनहस भइसकेको छ। याे समाज बिकाशकाे अवराेधक हाे। त्यसैले यसप्रकारका दाइजो प्रथा समाजबाट हटाउनुपर्छ र अरुलाई पनि यससम्बन्धी अाफुले थाहा पाएकाे सुचना र जानकारी प्रदान गरी जिम्मेवार नागरिकको परिचय दिनुपर्छ ।

बालबालिकामा भएको क्षमताहरुलाई विकास गर्दै बालबालिकालाई सकारात्मक बाटोतीर लैजान अभिभावक र साथीहरू ठुलाे भुमिका खेल्दछन । साथै यस्ता दाइजो प्रथा बिरुद्ध सचेतना कार्यक्रम समय समयमा गर्न एकदमै जरुरी रहेकाे बिचार राख्नुभएको छ।

कार्यक्रममा सिद्धार्थ मा.वि गाेबरहियाकाे प्र.अ.सुखाडि प्रसाद चाैधरी , महिला समाजसेवी संगिता चाैधरी,ए.बि.सि नेपालकाे फिल्ड सुपरवाईजर साइदा निशा, भाेजपुरि संचार मन्च नवलपरासी अध्यक्ष उमेश बि.क,राेशन ज्याेति सम्बाद केन्द्रकि एनिमेटर राधा चाैधरी लगाएतले कार्यक्रमकाे शुभकामना मन्तब्य दिनुभएको थियो।