दलित पत्रकार संघ नवलपरासीमा अभिषेक

15
बिज्ञापन

उमेश बि.क नवलपरासी / कार्तिक १४ ।

नवलपरासीका संचारकर्मीहरुको एक भेलाले ९ सदस्यीय दलित पत्रकार संघ नवलपरासी गठन गरेको छ । संघकाे अध्यक्षमा अभिषेक राव हरिजन, उपाध्यक्षमा जितेन्द्र जानम हरिजन, कोषाध्यक्षमा इन्दिरा बि.क, सचिवमा सम्झना बि.क, सह सचिवमा रामकरण हरिजन, सदस्यहरुमा राजु बि.क, टेक बहादुर हरिजन, शाेभा हरिजन र अजय कुमार हरिजन चयन हुनु भएको छ ।

Advertisement

यस्तै संघकाे बरिष्ठ सल्लाहकारमा लक्ष्मी हरिजन, उमेश बि.क र सुरज सुनार रह्नु भएको छ । सो अवसरमा कार्यक्रमका प्रमुख आतिथि नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष टिकाराम गैरेले पत्रकारिता मार्फत नै समाजिक रुपान्त्रणका लागि भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो । यस्तै कार्यक्रममा रेडियो परासीका समाचार प्रमुख माेहन पाैडेल, पत्रकार महासंघका जिल्ला सदस्य लक्ष्मी हरीजन, रामग्राम साप्ताहिका प्रकाशक सम्भु उपाध्याय, रामग्राम साप्ताहिका सम्पादक बेनिमाधव बस्याल, प्रेस सेन्टरका केन्द्रीय सदस्य गाेपि ज्ञवाली, भाेजपुरी सन्चार मंच नवलपरासीको अध्यक्ष उमेश बि.क लगायतले नवगठित दलित पत्रकार संघकाे सफल कार्यकालका लागि शुभकामना ब्यक्त गर्नु भएको थियो ।

 

Advertisement