पप्पु रेग्मी, नवलपरासी ३० पुष ।
नवलपरासीको त्रिवेणी धाममा लाग्ने माघे औंशी मेला तयारीका लागि मुल समिति गठन गरिएको छ । त्रिवेणीधाम स्थित वडा कार्यालयमा सम्पन्न भएको एक भेलाले पुर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मराशिनीको अध्यक्षतामा तयारी बैठक गरेको हो । बैठकले बिनयी त्रिवेणी गाउंपालिकाका अध्यक्ष डम्बर जिशिको अध्यक्षतामा २१ सदस्य रहेको मुल तयारी समिति गठन गरेको हो ।
तयारी समितिमा त्रिवेणी गाउंपालिका वडा नम्बर ६ र ७ का वडा अध्यक्ष, विभिन्न कार्यालयका प्रमुखहरु, स्थानिय संघसंस्थाका प्रमुख र दलका प्रतिनिधिहरू रहेका छन् ।
हरेक वर्ष माघे औशीका दिन त्रिवेणीधाममा लाग्ने मेलामा नेपाल तथा भारतका हजारौ भक्तजन भेला हुने गर्दछन् । त्रिवेणीधाममा रहेको मुक्तिनाथ पिठाधिश स्वामी कमलनयनाचार्यको आश्रममा माघे औशी मेलाका लागि भक्तजनको सुबिधाका लागि बिषेश ब्यबस्था गरिएको छ ।
आगामि माघ १ गते देखि ३ गते सम्म संचालन हुने माघे औशी मेलामा आउने श्रद्धालुहरुको ब्यवस्थापनका लागि बिभिन्न ९ वटा उपसमिति पनि गठन भएको छ । मेलामा आउने भक्तजनहरुको सुबिधा ब्यवस्थापन गर्ने, सुरक्षा ब्यवस्थापन, स्वास्थ्य ब्यवस्थापन र भक्तजनहरुको सुविधाका लागि सबै उपाय अवलम्बन गर्ने र मेला ब्यवस्थित गराउने निर्णय भएको मेला आयोजना समितिकिा अध्यक्ष तथा पुर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मराशिनीले जानकारी दिनुभयो ।