संजय कुशवाहा /शहबान अन्सारी २० माघ ।
नवलपरासीकाे पवित्रधाम त्रिवेणाीमा माघे औंसीको अवसरमा अाइतवारदेखि स्नान मेला आरम्भ भएकाे छ । तिन दिनसम्म चल्ने यस मेलामा नेपालका नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखांची, रूपन्देही र कपिलवस्तु जिल्लाका साथै भारतका बिहार र उत्तर प्रदेशका विभिन्न जिल्लाबाट लाखौ भक्तजन आउने गर्छन् ।
बिनयी त्रिबेणी गाऊपालिका वडा नं.६ मा रहेकाे त्रिबेणी धाममा लाग्ने मेला हिन्दु मान्यता अनुसार विशेषगरी गरि माघे औंसीको दिन मानिन्छ । त्रिवेणी धाम स्थित नारायणी नदिमा स्नान गरि पश्चात सुर्यको अराधना गरि त्यहा निर्माण गरिएको शिव मन्दिरमा पुजा गरेपछि हरेक मनोकामना पुरा हुने बिश्वास गरिएको छ ।
ऐतिहासिक एव पर्यटकिय क्षेत्र मानीने त्रिवेणी धाममा मेला लाग्ने गरेको छ । त्रिवेणी धाममा नारायणी नदि, सोनभद्र नदि र पुर्णभद्र नदिको संगम स्थल भएको हुदाँ यस स्थानलाइ त्रिबेणी धाममा माघे औशीको मेला हरेक बर्ष लाग्ने गरेको छ ।
त्रिवेणी मेलामा स्नान तथा अवलोकनका लागि करिब ६ देख ७ लाखसम्म भक्तजनहरु मेलामा आउने गुरूङकाे अनुमान रहेकाे छ। मेलामा श्रधालु भक्तजनहरुलाई सरल, सुलभ र भव्य बनाउनका लागी मेलामा करिब ३ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
मेलामा अाउने भक्तजनकाे सुविधा व्यवस्थापन गर्नका लािग ९ वटा उप समितिहरू, ७५ जना स्वयम् सेवककाे परिचालन, ४ ठाउँमा निशुल्क स्वास्थ्य शिविर राखिएकाे, ५ वटा सार्वजनिक शौचालय, एक एम्बुलेन्स, सशस्त्र प्रहरी बलकाे १० सदस्यीय रेस्क्यु टिम, रातिको समयमा मेलाको चारैतिर बत्ती, ६ ठाउँमा चिसोबाट बच्नको लागि अागाे ताप्ने व्यवस्था (धुई), पानीको सतह स्थिर राख्ने व्यवस्था गरिएकाे मेला ब्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष एवम् विनई त्रिवेणी गाउपालिका वडा न ६ का वडा अध्यक्ष पृतम बहादुर गुरूङले बताउनु भएको छ ।