त्रिबेणीमा महिला उत्थान बुटिक १० दिने तालिम सुरु

16

श्याम थापा
नवलपरासी २३ पुष
पुर्वी नवलपरासीको बिनयी त्रिबेणि गाउँपालिका वार्ड न ७ मा महिला उत्थान बुटिक १० दिने तालिम आजबाट सुरु भएको छ । गाउँ महिला अधिकार मञ्च बिनयी त्रिबेणि गाउँपालिका वार्ड न ७ को आयोजनामा र बिनयी त्रिबेणि गाउँपालिका वार्ड न ७ को आर्थिक सहयोगमा भएको महिला उत्थान बुटिक १० दिने तालिममा बिनयी त्रिबेणि गाउँपालिकाको वार्ड न ७ का १५ जना महिलाहरुको सहभागिता रहेकोे छ । तालिमको आज गाउँ महिला अधिकार मञ्च बिनयी त्रिबेणि गाउँपालिका वार्ड न ७ का अध्यक्ष रेखा भुजेलको अध्यक्षयतामा,बिनयी त्रिबेणि गाउँपालिका वार्ड न ६ का वडा अध्यक्ष पृतम बहादुर गुरुङ्गको प्रमुख अतिथ्यतामा र बिनयी त्रिबेणि गाउँपालिका वार्ड न ७ का वडा अध्यक्ष गोपाल बहादुर क्षेत्रीको बिशेषअतिथ्यतामा एक कार्यक्रम गरि उद्वघाटन गरिएको छ । १५ जना महिलाहरुको सहभागितामा भएको तालिमको प्रशिक्षण ताटा रानी थापाले गर्नु भएको छ।