त्रिबेणीमा महिला उत्थान बुटिक १० दिने तालिम सम्पन्न

9

श्याम थापा नवलपरासी ४ माघ

पुर्वी नवलपरासीको बिनयी त्रिबेणी गाउँपालिका वार्ड न ७ मा महिला उत्थानका लागी १० दिने बुटिक तालिम सम्पन्न भएको छ ।

गााउँ महिला अधिकार मञ्च बिनयी त्रिबेणि गाउँपालिका वार्ड न ७ का अध्यक्ष रेखा भुजेलको अध्यक्षयता तथा बिनयी त्रिबेणी गाउँपालिका वार्ड न ६ का वडा अध्यक्ष पृतम बहादुर गुरुङ्गको प्रमुख अतिथ्यतामा सम्पन्न भएकाे हाे । कार्यक्रममा वार्ड न ७ का वडा अध्यक्ष गोपाल बहादुर क्षेत्रीको बिशेष उपस्थिती रहेकेा थियाे ।

बिनयी त्रिबेणी गाउँपालिका वार्ड न ७ को आर्थिक सहयोगमा स्थानीय गाउँ महिला अधिकार मञ्चले अायाेजना गरेकाे महिला उत्थान बुटिक १० दिने तालिममा १५ जना महिलाहरुको सहभागिता रहेकोे थियो । तालिमको प्रशिक्षण ताटा रानी थापाले गर्नु भएको थियोे ।

समापनमा पत्रकार श्याम थापा, पत्रकार आरपि उपाध्याय, प्रशिक्षक ताटा रानी थापा र सहभागीबाट राधा रानाले शुुुुभकामना मन्तव्य व्यक्त गर्नुु भएकाे थियो ।