0.6 C
New York
Monday, January 13, 2025

Buy now

spot_img
spot_img

ताप्लेजुङमा याेगेश भट्टराई सवार गाडीमा ताेडफाेड

spot_img
spot_img

ताप्लेजुङ – ताप्लेजुङमा एमाले सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराई सवार गाडीमा पहिचान पक्षधरहरूले ताेडफाेड गरेका छन् ।

आज आइतवार गृहजिल्ला ताप्लेजुङबाट काठमाण्डाै फर्कने क्रममा सदरमुकाम फुङलिङकाे ताेक्मे डाँडामा भट्टराई सवार गाडीमा पहिचान पक्षधरहरूले ताेडफाेड गरेका हुन् । ताेडफाेडबाट गाडीकाे सिसा फुटेकाे छ ।

सात/आठ जनाको समूहमा रहेकाहरूले भट्टराई सवार गाडीमा ढुङ्गा र लाठीले हानेका एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले बताउनुभयाे । गाडीकाे सिसा फुटे पनि मान्छेलाई केही नभएकाे खतिवडाले जानकारी दिनुभयाे । यसअघि आजै दिउँसाे सचिव भट्टराईलाई पहिचान पक्षधरहरूले कालाे झण्डा देखाएका थिए ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme