तस्करीकाे सुरक्षित नाका बसहिया

67

नवलपरासी, ९ साउन ।

जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्रमा रहेका भारतीय नाकाहरू मध्ये बसहिया नाका तस्करका लागि सुरक्षित बाटाे बनेकाे छ ।

नेपालबाट भारततर्फ तथा भारतबाट नेपाल तर्फ हुने दुइतर्फी तस्करीका लागि याे नाकाकाे प्रयाेग बढेकाे समाजसेवी धिरज त्रिपाठीले बताए ।

नेपालबाट भारततर्फ जाने तस्करीका सामानहरूमा सबभन्दा बढी मात्रामा क्यानेडियन मटर (केराउ) काे तस्करी हुन थालेकाे छ । नेपालमा अाेसारपसार सजिलाे हुने भएकाले नेपालका भित्री क्षेत्रका व्यापारीहरू पनि यस नाकालाइ प्रयाेग गर्ने गरेका छन् ।

थाेक विक्रेताले यस्ता सामान सीमावर्ती क्षेत्रका व्यापारीकाे पसलसम्म थाेक मात्रामा पुर्याइदिने गरेका छन् । बसहिया नाकाबाट मात्रै दिनकाे एक ट्रक बढी केराउ दैनिक रूपमा भारततर्फ तस्करी हुने गरेकाे श्राेतकाे दावी छ ।

नेपाल प्रहरीकाे स्थानीय पाेस्टकाे मिलाेमताेमा तस्करी निर्वाधत्र रूपमा भइरहेकाे स्थानीयकाे दावी छ । स्थानीय भन्छन्, रात परेपछि ट्रकमा लाेड गरिएका केराउका साथै नेपाली मदिरा, चाइनिज कपडा सिमावर्ती क्षेत्रमा रहेका भारतीय बजारका अापुर्तिकर्ता पसलहररूसम्म पुर्याइदिने गरेका छन् । जुन रातीकाे समयमा निर्वाध रूपमा भारतीय बजारमा पुग्ने गरेकाे छ ।

प्रहरीले चाह्याे भने सजिलै नियन्त्रण हुनसक्ने स्थानीय भन्छन्, ट्रक र ट्रेक्टरबाट अाेसार पसार भैरहेकाेले गाउंले हामी सुत्न पाएका छैनाैं । अाेहाेरदाेहाेरले हामी हैरानीमा परेका छाैं । यस नाकाबाट तस्करीकाे सामान काठमाण्डाैंसम्म पुग्ने गरेकाे बताए ।

तस्करीकाे निर्वाध धन्दा बसहिया नजिक रहेका गुठी परसाैन तथा रामनगर क्षेत्रमा पनि तस्करी बढेकाे स्थानीयवासीकाे गुनासाे छ ।