ड्रोनमा चिनियाँ पार्टपुर्जा प्रयोग गर्न नपाउने भन्दै भारतले लगायो प्रतिबन्ध

7

सैन्य ड्रोनका निर्माताहरुलाई चिनियाँ पार्टस प्रयोग गर्न नपाउने भन्दै भारतले प्रतिबन्ध लगाएको छ ।
भारतले सैन्य ड्रोनका घरेलु निर्माताहरूलाई चिनियाँ समान प्रयोग गर्न प्रतिबन्ध लगाएको, रोयटर्सले जनाएको हो ।
ड्रोनको बनाउने बारे टेन्डर दिने वालाहरु सङ छलफल गर्न फेब्रुअरी र मार्चमा आयोजित दुई बैठकहरूमा, सम्भावित बोलीकर्ताहरूलाई सैन्य अधिकारीहरूले “भारतसँग भूमि सीमा साझेदारी गर्ने देशहरूका उपकरणहरू सुरक्षा कारणहरूले स्वीकार्य नहुने” बताएका थिए । विक्रेताहरूलाई कम्पोनेन्टको उत्पत्ति प्रकट गर्न भनिएको थियो, रिपोर्टले दावी गरेको छ ।
सुरक्षाको अवस्थालाई मध्य नजर राख्दै सैन्य प्रयोजनका लागि तयार पारिने ड्रोनमा चिनियाँ पार्टपुर्जा लगाउनमा भारतले प्रतिबन्ध लगाएको रोयटर्सले जनाएका छन् । चीन सङ तनावग्रस्त परिस्थिति सिर्जना भए सङै भारत विभिन्न चिनियाँ कम्पनी , प्रोजेक्ट , चिनियाँ मालसामानमा बिस्तारै नियन्त्रण गर्दै गएको भारतिय संचार माध्यमहरुले जनाउदै आएका छ्न ।

एजेन्सी ।