2.1 C
New York
Monday, January 13, 2025

Buy now

spot_img
spot_img

टिकटकले गैरकानुनी रूपमा ईयूबाट चीनमा डेटा पठाएको भन्दै जरिवाना

spot_img
spot_img

आइरिस नियामक निकायहरूले टिकटकलाई बालबालिकाका डेटाको गोपनीयता उल्लङ्घन गरेको भन्दै ३४ करोड ५० लाख युरो जरिवाना गरेका छन्।

उक्त मामिला टिकटक एपले सन् २०२० मा बालबालिकाको डेटा कसरी राख्थ्यो र विशेषगरी उमेर प्रमाणीकरण तथा गोपनीयतासम्बन्धी ‘सेटिङ्स’ले कसरी काम गर्थे भन्ने कुरासँग जोडिएको छ।

यो कुनै पनि देशका नियामकले टिकटकलाई गरेको हालसम्मको सबैभन्दा ठूलो जरिबाना रकम हो।

उक्त सामाजिक सञ्जाल कम्पनीका प्रवक्ताले चाहिँ जरिवानाको “निर्णयसँग आफूहरूको सम्मानपूर्ण असहमतिहरू रहेको र त्यो विशेषगरी जरिबानाको मात्रामा” भएको बताएका छन्।

आरोप के?

टिकटक

“आलोचना विशेषताहरू र सेटिङहरूमा केन्द्रित छन्। त्यो तीन वर्ष पहिले थियो र हामीले अनुसन्धान सुरु हुनुभन्दा पहिले नै ती कुराहरू परिवर्तनहरू गरेका थियौँ, जस्तै कि १६ वर्षभन्दा कम उमेरका व्यक्तिले खोल्ने खाताहरू स्वतः ‘प्राइभेट’ खाताका रूपमा रहने व्यवस्था छ,” ती प्रवक्ताले भनेका छन्।

उक्त जरिवाना आयरल्यान्डको डेटा प्रोटेक्शन कमिशन (डीपीसी)द्वारा तय गरिएको हो। डीपीसीले युरोपेली सङ्घ ईयूको जेनेरल डेटा प्रोटेक्शन रेगुलेशन (जीडीपीआर) अर्थात् गोपनीयता कानुन अन्तर्गत जरिबाना तय गरेको हो।

जीडीपीआर डेटा व्यवस्थापन गर्दा कम्पनीहरूले पालना गर्नुपर्ने नियमहरू तय गर्ने गर्छ।

डीपीसीले टिकटकले आफ्ना गोपनीयतासम्बन्धी सेटिङहरूबारे बच्चाहरूलाई पर्याप्त पारदर्शी ढङ्गले नबुझाएको र उनीहरूको डेटा कसरी प्रशोधन गरियो भन्ने पनि थाहा नभएको भन्दै प्रश्न उठाएको छ।

डेटा संरक्षण आयुक्त हेलेन डिक्सनले बीबीसीलाई बताए अनुसार सोधपुछका क्रममा १३ देखि १७ वर्षका किशोर किशोरीले बनाएका खाताहरू दर्ता गर्दा पूर्वनिर्धारित रूपमै सार्वजनिक रूपमा देखिने गरी सेटिङ गरिएको पाइएको थियो। त्यस्तो हुनु भनेको उनीहरूले पोस्ट गरेका सामग्री जसले पनि देख्न सक्ने हुनु हो।

यसमा टिकटककै हात छ किनभने उनीहरूले नै उक्त ‘प्लेटफर्म’को डिजाइन गरेका हुन् र हामी के भन्छौँ भने डिजाइनरले जीडीपीआरको पूर्वनिर्धारित आवश्यकता पूरा नगरी डेटा सुरक्षाको उल्लङ्घन गरेका छन्,” डिक्सनले भनिन्।

अर्को अनुसन्धान पनि जारी

टिकटकलाई आफ्नो ‘डेटा प्रोसेसिङ’लाई पूर्ण रूपमा जीडीपीआर अनुरूप बनाउन तीन महिनाको समय दिइएको छ।

लन्डन स्कूल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्समा बालबालिकाको डिजिटल अधिकार र अनुभवबारे अनुसन्धान गर्ने प्राध्यापक सोनिया लिभिङस्टोनले डीपीसीको निर्णयलाई स्वागत गरिन्।

“[बालबालिकाहरू] शोषित नभईकन डिजिटल संसारमा सहभागी हुन चाहन्छन्। यसको मतलब के हो भने ‘प्लेटफर्म’हरूले उनीहरूको डेटालाई कसरी प्रयोग गर्छन् भनेर भन्नैपर्छ अनि सबैभन्दा महत्त्वपूर्ण रूपमा उनीहरूको डेटालाई निष्पक्ष रूपमा व्यवहार गरिनुपर्छ किनकि गोपनीयता बालबालिकाको अधिकार हो,” उनले भनिन्।

टिकटकले गैरकानुनी रूपमा ईयूबाट चीनमा डेटा पठाएको छ कि छैन भनेर पनि अर्को एउटा अनुसन्धान जारी छ। टिकटकको स्वामित्व बेइजिङको कम्पनी बाइटडान्ससँग छ।

टिकटक

यसअघिको जरिबाना

टिकटकमाथि गरिएको कारबाही ठूलो भए पनि हालैका महिनाहरूमा भएका अन्य जरिबानाभन्दा यो कम हो।

युरोपेली नियामकले नियामकले गत मे महिनामा फेसबुक, इन्स्टाग्रामजस्ता प्लेटफर्म चलाउने मेटा कम्पनीलाई एक अर्ब २० करोड युरो जरिवाना गरेको थियो।

यद्यपि अहिलेको जरिबाना टिकटकमाथि गरिएको ठूलो जरिबाना हो।

सन् २०२० मा यूकेको नियामक निकायले १३ वर्ष मुनिका बालबालिकालाई टिकटक प्रयोग गर्न दिएको भन्दै १ करोड ७० लाख पाउन्ड जरिबाना गरेको थियो। बिबिसी

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme