बिन्दु कुमार चौहान
लुम्बिनी ७ कार्तिक । चाँडपर्बमा सबैले रमाई रहेको बेला रुपन्देहीमा झुण्डिएको अवस्थामा एक युवतीको शव प्रहरीले कातिक ४ गते फेला पारेको छ ।
ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार रुपन्देहीको कोटहीमाई गाँउपालिका वडा नं. १ गोंहूगाँव बस्ने अन्दाजी २५ बर्षीया आरती केवटको शव शुक्रवार बिहानै पाँच बजे आफनै घरआँगनमा साडीको पासो लगाई झुण्डिएको अवस्थामा फेला पारिएको हो ।
दुई सन्तानकी आमा समेत रहेकी केवटको शव परीक्षण भीमअस्पताल भैरहवामा गराई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको ईप्रका लुम्बिनीका प्रहरी निरीक्षक पुरुषोत्तम रावतक्षेत्रीले बताए ।
मृतक युवतीको माईतीपक्षले श्रीमान लगायत ससुरालीपक्षका सासुससुरा र मृतकका देवर बिरुद्ध कर्तब्य ज्यान बिरुद्ध ईलाका प्रहरी कार्यालय लुम्बिनीमा समक्ष किटानी जाहेरी दरखास्त समेत बुझाएकाले घटना बारे प्रारम्भिक भईरहेको प्रनि रावत क्षेत्रीले जानकारी गराए ।