नवलपरासी, २ पुष ।
नवलपरासीको बर्दघाट सुस्ता पूर्व जिल्ला प्रशाशन कार्यालय नवलपुरले (भोली) सोमवारबाट नयां स्थानबाट सेवा दिने भएको छ ।
कावासोती ८ नया बजारमा रहेको साविकको ईलाका प्रशाशन कार्यालयलाई नै जिल्ला प्रशासन कार्यालयकाे रुपमा स्थापना गरेर सेवा दिदै आएको जिल्ला प्रशाशनको कार्यालय कावासोती ३ संगम चोकमा सारिएको छ । संगमचोक नजिकको दामोदर ढुङ्गाना र उनका आफन्तका गरि २ वटा घर भाडामा लिएर प्रशाशनको कार्यालय स्थापना गरिएको छ ।
देश संघिय संरचनामा जांदा नयां संविधानमा व्यवस्था भए अनुरूप नवलपरासी जिल्ला दुइ भागमा विभाजित भएकाले नवलपुर क्षेत्रलाइ जिल्ला कायम गरिंदा जिल्ला प्रशासन कार्यालय स्थापना गर्नु परेकाे हाे । केहि समय अघि कार्यालय स्थापना भएपनि सेवालाइ सहज बनाउनका लागि कार्यालय नयां भवनमा सरेकाे हाे ।
नवलपुरका कायम मुकायम प्रमुख जिल्ला अधिकारी सम्भुप्रसाद मरासीनीले अहिले रहेको कार्यालय सडकको छेउमा नै रहेको र कोठा समेत अभाव हुदा सेवा ग्राहिलाई सास्ति भएकाले कार्यालय सार्नु परेको बताए । कार्यालयका आवश्यक सबै सामाग्री आज व्यवस्थापन गरिएको र सोमवारबाट नया कार्यालयबाट नै सेवा प्रदान गर्ने समेत मरासीनीले बताए । कार्यलयका सामाग्री सार्नुपर्ने भएकाले आईतवार प्रशानको काम पनि रोकिएको थियो ।
नया भवनमा कार्यालय सारिएपछि अब सेवाग्राहिलाई सहज र सरल तरिकाले सेवा प्रदान गर्नका लागि सोहि अनुसारको व्यवस्थापन समेत गरिएको मरासीनीले बताए । स्थाई रुपमा नै जग्गाको व्यवस्था भएर आफ्नै भवन निर्माण नहुदासम्मका लागि तत्कालाई २१ वटा कोठा भाडामा लिएर कार्यालय संचालन गरिने मरासीनीले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी कक्ष, स्थानीय प्रशाशन, मुद्धा शाखा, लेखा शाखा, राहदानी फांट, नागरिकता फांट, राहदानी वितरण फांट, सहायक प्रमुख जिलला अधिकारी कक्ष, प्रशाशकयि अधिकृत कक्ष, राष्ट्रिय अनुसन्धान लगायतका सेवा सुविधाहरु कार्यालयबाट प्रदान गरिनेछ ।