जहाँ नारीलाई पुजिन्छ त्यहाँ देउताको वास हुन्छ : सांसद डा .डिला संघ्राैला

33
उमेश बि.क / नवलपरासी, ११ चैत
नेपाल महिला संघ पुर्ब केन्द्रीय अध्यक्ष एवं नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा सांसद डा .डिला संघ्राैला महिला ममता हिम्मत लज्जाकाे प्रतिक हुन त्यसकारण जहाँ नारीलाई पुजिन्छ त्यहाँ देवताको वास हुन्छ । महिला माथि हुने विभेद महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी छ। हाम्रो देश अरूको तुलनामा निक्कै पछाडि छ । यसको मुख्य कारक तत्व भनेको असमनता र राजनीतिक अस्थिरता नै प्रमुख कारण हो ।
नेपाल एक भौगोलिक दृष्टिकोणले पनि बहुआयामिक राष्ट्र हो । यहाँ विविध संस्कृति, रहनसहन, जातजाति, भाषा, भेषभूषाले पनि निकै अर्थ राखेको छ ।हरेक दिन महिला हिंसाका घटना बढिरहेका छन् । पछिल्लो समयमा झन् यसले उग्ररूप लिएको छ । दुःखको कुरा सरकारको यसप्रति ध्यानाकर्षण देखिंँदैन यस्ता संवेदनशील विषयमा ।
यदि पुरुषवादी सोच र चिन्तनबाट मात्र देश चन्छ भने नारीहरूको के अस्तित्व रहन्छ त, यो बडो गम्भीर विषय बनेको छ । नारी पुरुष भनेका एक रथका दुई पाङग्रा हुन् भने एउटा पाङ्ग्रा मात्र गुडेर वा अगाडि बढेर के हुन्छ ? त्यसैले हरेक पुरुषले अब पितृसत्तात्मक सोचबाट मुक्त हुनुपर्छ र नारीहरूलाई पनि बन्धनबाट मुक्त गराउन खुला दिलले तयार हुनुपर्छ । नेपाल महिला संघ नवलपरासी द्वारा अायाेजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै महिला नेत्री डा .संघ्राैलाले कम्युनिस्टहरुले रास्ट्रबाद सब्दको नै दुरुपयोग गरेको बताउनु भएकोछ।
देशमा लोकतन्त्र,स्वाभिमान धरापमा परेको र जनपक्षीय काम नभै कम्युनिस्टहरु सर्वसत्ताबाद तर्फ उन्मुख भएको उहाँले टिप्पणी गर्नु भयो। कम्युनिस्ट साशकहरु सत्ता मोह र बिलासितामा तल्लिन भएकाले लाेकतन्त्र नभै लुटतन्त्रमा लागेको उहाको आरोप थियो। निर्मला प्रकरण, एन्सेल कान्ड,सुन कान्ड बाटै सरकार पुर्ण रुपमा बिफल भएको उहाँले बताउनु भयो ।रास्ट्र बिकासका नाममा कम्युनिस्टहरुले राज्यको ढुकुटी नै सखाफ पारेको रातो झन्डाको खोल ओढेर रास्ट्र सिद्द्याउने खेलमा लागेको धारणा ब्यक्त गर्नु भयो।
महिला नेत्री डा .संघ्राैलाले देशमा बिकासको जग काङ्ग्रेसले बसालेको उहाले जिकिर गर्नु भयो।आफू कदापी रास्टका अहितमा नलागेकाले सत्तासेनहरुले आफ्नो अगाडी सिर ठाडो गर्न नसक्ने उहाको भनाई थियो।सबै बर्ग समुदायलाई समेटेर जान सके मात्र देशमा समृद्धि ल्याउन सकिनेमा उहाको जोड रहेको थियो। कार्यक्रम नेपाल महिला संघ नवलपरासीकि अध्यक्ष कमला पराजुलिकाे अध्यक्षता तथा नेपाल महिला संघ पुर्ब केन्द्रीय अध्यक्ष एवं नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा सांसद डा .डिला संघ्राैलाकाे प्रमुख अतिथ्यतामा नवलपरासीको परासीमा सम्पन्न भएको हाे।
कार्यक्रममा नेपाली काङ्ग्रेसकाे केन्द्रीय सदस्य ग्रिजा न्याैपाने,नेपाल महिला संघ केन्द्रीय काेषाध्यक्ष जानकि सिंह,प्रदेशसभा सदस्य बैजनाथ जैसवाल,नेपाली काङ्ग्रेस सहसभापति सुबासचनद्र गिरि,रामग्राम नगरपालिका उममेयर रम्भा कुवर लगायतले नेपाल महिला संघले समाजकाे रुपान्तरण गर्दै समाजकाे कृर्याकलाप सुदृढीकरण गर्दै काङ्ग्रेसमा महिलानेत्रि ल्याउन पर्छ।समतामूलक दिगो राष्ट्रिय विकासका लागि पुरुष सरह महिलाहरुको सक्रिय र अर्थपूर्ण सहभागिता अपरिहार्य छ ।
हाम्रो सामाजिक परिवेश, ऐतिहासिक परम्परा, आर्थिक निर्भरता जस्ता कारणले पनि महिलाले पुरुष सरह अधिकार उपभोग गर्न पाएका छैनन् । विद्यमान परम्परा, सामाजिक रीतिरिवाज, मूल्य मान्यतामा परिवर्तन ल्याई महिलामैत्री बनाउनु आवश्यक छ । नेपाली महिला आफूलाई प्राप्त संवैधानिक अधिकारको उपभोग गरी राष्ट्रिय विकासमा सहभागी हुन सचेतनापूर्वक सक्रिय हुनु जरुरी रहेको भन्दै कार्यक्रमकाे शुभकामना मन्तब्य दिनुभएको थियो ।