जलवायु परिवर्तन सम्बन्धि तालिम

9

नवलपरासी जेठ १५

नवलपरासीको प्रतापपुर गाउपालिका वडा नं ६ गुठी परसौनीमा वडा स्तरिय ३ दिने जलवायु परिवर्तन सम्बन्धि तालिम बुधवार देखि सुरु भएको छ ।

प्रतापपुर गाऊपालिकाको आयोजना तथा भोजपुरी पत्रकार हकहित संरक्षण संस्था नवलपरासीको सहजीकरण उक्त तालिम शुरु भएको हो । कार्यक्रममा संजय कुशवाहाको संयोजकत्व तथा प्रतापपुर गाउपालिका वडा नं ८ का वडाध्यक्ष कादिर अली अन्सारीको प्रमुख अथित्यता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अन्सारीले जलवायु परिवर्तन अत्यधिक प्रदुषणको मात्रा वृद्धि भई वायुमा देखिने नकारात्मक परिवर्तन हो । जलवायु परिवर्तनलाई नियन्त्रण गर्न उचित मात्रामा फोहोरको व्यवस्थापन गर्ने, जनसंख्या नियन्त्रण, बसाइसराई दर नियन्त्रण, उधोग तथा कलकारखाना व्यवस्थित बनाउनु पर्नेमा जाेड दिनु भयो ।

विशेष अतिथी मानव विकास अध्यन केन्द्रका अध्यक्ष तथा वरिष्ठ पत्रकार बृजराज कुशवाहाले जलवायु परिवर्तनकाे विकराल अवस्थाबाट बच्नका लागि घरघरबाट अभियान थालिनुपर्नेमा जाेड दिनु भयाे । यस अभियानमा महिलाकाे विशेष भुमिका रहेकाे बताउनुभयाे ।

कार्यक्रममा सशस्त्र प्रहरी नायब निरिक्षक पृथ्वी बहादुर शाही, गुठी परसौनी प्रहरी चौकीका ईन्चार्ज अोम देव भाट क्षेत्रीलेे शुभकामना मन्तब्य दिनुभएकाे थियाे ।

तालिममा उमेश विक, वृजराज कुशवाहा र कमला पुनदेहले सहजिकरणा गर्नुहुनेछ । तालिममा वडाका ५५ जनाको महिलाकाे सहभागिता रहेको थियाे ।