जनता मावि विष्णुनगरमा महायज्ञ अगावै सत्तरी लाख बढी संकलन

20

सदिक्षा गैरे

कावासोती, २२ माघ २०७५

प्राविधिक शिक्षा सञ्चालनार्थ जनता माध्यमिक विद्यालय कावासोती ६ विष्णुनगरमा भोलि देखि फागुन २ गते सम्म सञ्चालन हुने श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञको सम्पुर्ण तयारी पूरा भएको छ । बिद्यालयका प्रधानाध्यापक घनश्याम भुसाल ले यज्ञ को सबै तयारी सकिएको जानकारी दिनुभयो ।
महायज्ञको भोलि पुर्वप्रधानन्याधिश गोपाल प्रसाद पराजुलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उड्घाटन पुर्ब भोलि बिहान कावासोती को फलफुल चोक मा जम्मा भैइ बाजागाजा सहित शोभायात्रा निकाल्ने कार्यक्रम छ । यसरी निस्कने शोभायात्रा बाजागाजा सहित स्कुल प्राङ्गणमा प्रबेश गर्ने छ ।
वि.सं. २०११ सालमा स्थापना भइ वि.सं. २०४६ साल देखि माध्यमिक तह र वि.सं.२०६७ सालमा उच्च मावि कक्षा सञ्चालन भएको विद्यालयमा समयानुकुल प्राविधिक शिक्षा प्रदान गर्नका लागि धनधान्याचलन महायज्ञ सञ्चालन गर्न लागिएको यज्ञ मूल समारोह समितिका संयोजक हुमलाल सुवेदीले जानकारी दिनु भयो ।

माध्यमिक तह सम्म अध्यापन हुने विद्यालयमा हाल अंग्रेजी र नेपाली माध्यममा कक्षाहरु सञ्चालन हुदै आएको छ । विद्यालयमा कावासोती नगरपालिका सहित हुप्सेकोट गाउँपालिकाका विद्यार्थीहरु अध्यायपन गर्दै आएका छन् ।

हाल विद्यालयमा ६ सय ६४ जना विधार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक घनश्याम भुसालले जानकारी दिनु भयो । धान्याञ्चलमा प्रखर युवा वाचक श्रीचैतन्यकृष्णज्यूको प्रमुख वाचकत्वमा दैनिक धार्मिक कार्यहरु सञ्चाल हुने जनाइएको छ । यहि माघ २३ गते कलश यात्रा सहित उद्घाटन हुने धनधान्याञ्चलको तयारी अन्तिम चरणमा पुगेको हो । महायज्ञ अबधीभर नवग्रह शान्ति पुजा , तुलादान , शुभविवाह , ब्रतबन्ध , लक्षवती दिपप्रज्वलन , चौरासी पुजा लगायतका कार्यहरु समेत हुने आयोजकले जानकारी दिएको छ । बिद्यालयले सो अबधीमा यथाशक्य दान गरेर प्राविधिक कक्षा सञ्चालन गर्ने बिद्यलायको महान् अभियानमा सरिक हुन सबैलाई आव्हान गरेको छ ।
यज्ञ को उद्घाटन हुनु पुर्वनै विभिन्न महानुभाब ले सहयोग घोषणा गर्नु भएको छ । यज्ञ पुर्बनै सत्तरी लाख भन्दा बढी सहयोग घोषणा भएको बिद्यालय ले जनाएको छ ।
यसरी सहयोग घोषणा गर्नेमा नेपाली काङ्ग्रेस का महामन्त्री डा शंशाक कोईराला ले दश लाख , कावासोती वडा नम्बर १ बाट १० लाख , वडा नम्बर ६ बाट १५ लाख ५ हजार १ सय ५१ , बिश्नुनगर सामुदायिक बन बाट ५ लाख , ५५ हजार ५५५ , बिद्यालयका शिक्षक कर्मचारी बाट ३ लाख ४१ हजार ५५५ , बैदेशिक रोजगारिमा गएका हरु बाट २ लाख ५० हजार ८९८ , दुर्गा देबि गैरे बाट ५५ हजार , बिद्यालय का अद्क्ष्य झपेन्द्र काफ्ले बाट १ लाख १ हजार १११ , प्रधानाध्यापक घनश्याम भुसाल बाट १ लाख १ हजार १ सय ११ र वडा का जनप्रतिनिधि बाट एक मुस्ठ ५० हजार ५५५ रहेका छन् । प्र अ भुसाल का अनुसार सहयोग घोषणा गर्ने क्रम जारी छ ।