च्याउ टिप्न जांदा रातभरी जंगलकाे बास ….

16

नवलपरासी, ४ साउन ।

च्याउ टिप्न सुक्रवार रूपाैलिया जंगल छिरेका  १० जना किशाेरहरू २४ घण्टापछि सनिवार फेला परेका छन् । जंगलमा बाटाे बिराएपछि घर फर्कन नसकेपछि जंगलमा रात बिताउन बाध्य भए । हराएका सबैजना किशाेरहरू सकुशल रहेका छन् ।

पानी पर्न थालेपछि अाेत लाग्न पहाडमा माथि तिर उक्लियाैं र फर्कने बेला बाटाे बिरायाैं, सुरज चाैधरीले भने माेबाइलमा नेटवर्क नभएकाले घरमा फाेन गर्न तथा गुहार माग्न सकेनाैं । अागाे बालेर रात बितायाैं ।

बर्दघाट नगरपालिका १५ तेलहा गांउका १६/१७ वर्षे उमेर समुहका १० जना किशाेरहरू च्याउ टिप्न जाने भनेर सुक्रवार दिउंसाे १ बजे जंगल पसेका थिए । राती अबेरसम्म घर नफर्किदा अाफन्तले खाेजी शुरू गरेकाे स्थानीय टेक बहादुर थारूले बताए । साउन ३ गते सुक्रवारदेखि सम्पर्क विहिन बनेका उनीहरूलाइ खाेजी गर्न गाउंले जंगल पसेका थिए तर फेला पार्न नसकेपछि गाउंमा निराशा छाएकाे थियाे ।

उनकाे खाेजीमा सनिवार विहान थप व्यक्तिहरू जंगल पसे । सनिवार विहान १० बजे नेटवर्कमा अाएपछि घरमा फाेन गरी उनीहरू माेबाइल सम्पर्कमा अाएका हुन् । फाेन सम्पर्ककाे सहयाेगमा फेला पारिएका सबैजना सकुशल घर पुगेका छन् । सबैजनाकाे स्वास्थ्य अवस्था समान्य रहेकाे सुरजका बुवा टेक बहादुर थारूले बताए । उनले भने, मेराे छाेरा सुरज संगै नवीन चाैधरी, मान बहादुर चाैधरी, सागर र सन्दीप लगायत सबै १० जना सुकशल छन् ।

फेला परेका ८ जना बर्दघाट नगरपालिका वडा नं. ८ तेलहाका तथा अन्य २ जना वडा नं ७ जिमरीभार घर भएका हुन् ।