चौधरी फाउण्डेशनद्धारा भैरहवाको भिम अस्पतालाई भेन्टिलेटर हस्तान्तरण

12

नारायण शर्मा, भैरहवा  साउन ३१

चौधरी ग्रुप अन्तर्गतको परोपकारी संस्था चौधरी फाउण्डेसनले भैरहवा स्थित भिम अस्पताललाई कोभिड–१९ का गम्भीर बिरामीहरुका लागि अत्यावश्यक पर्ने भेन्टिलेटरहरु हस्तान्तरण गरेको छ ।

शुक्रवार भिम अस्पतालमा आयोजित एक कार्यक्रममा प्रदेश ५ का सामामजिक विकास मन्त्री सुर्दशन बराललाई चौधरी फाउण्डेशनका प्रतिनिधि दामोदर भण्डारी, रामचन्द्र धिताल, आषिश बराल र सुरेन्द्रअधिकारीले भेण्टिलेटर हस्तान्तरण गर्नु भएको हो ।

भेन्टिलेटर हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सामाजिक बिकास मन्त्री सुर्दशन बरालले आपतकालिन उपचार सेवामा अत्यावस्यक पर्ने भेन्टिलेटर उपलब्ध गराएर चौधरी फाउण्डेशनले सामाजिक उत्तरदायित्व पुरा गरेको बताउनु भयो । उहाले अस्पताल आफैले भेन्टिलेटर खरिद गर्दा लामो र झन्झटिलो प्रकृया पार गर्नु पर्ने अवस्थामा कोभिडको जोखिम न्यूनिकरण गर्न सघाउनका लागि चौधरी फाउण्डेशनले भेन्टिलेटर हस्तान्तरण गरेर ठुलो गुन लगाएको चर्चा गर्नु भयो । उहाले नेपालका कर्पोरेट अफिसहरुमा चौधरी उद्योग सधै अघि रहेको र कोभिडको शुरुवाती चरणमा पनि देशभरीका अस्पतालमा पिपिई लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेर प्रशंसनिय कार्य गरेको बताउनु भयो ।

भेण्टिलेटर हस्तान्तरण कार्यक्रममा बोल्दै समाजिक बिकास मन्त्री सुर्दशन बरालले  कोभिड–१९ का गम्भीर बिरामीहरुको संख्या बढीरहेको अवस्थामा चौधरी फाउण्डेसनले अत्यावश्यक भेन्टिलेटर हस्तान्तरण गरी सहयोग पु¥याएकोमा धन्यवाद व्यक्त गर्नुभयो । ‘चौधरी फाउण्डेसनले मुलुकलाई अप्ठेरो अवस्थामा सधैं सहयोग पु¥याएको छ,’ मन्त्रीले भन्नुभयो, ‘कोभिड–१९ पछि फाउण्डेसनले पीपीइ, पीसीआर रिएजेन्ट र अहिले भेन्टिलेटर सहयोग गरेको छ । महामारीको समयमा पु¥याएको यो सहयोग अतुलनीय छ ।’

फाउण्डेसनका प्रतिनिधि तथा महाप्रबन्धक दामोदर भण्डारीले कोभिड–१९ का क्रिटीकल विरामीहरुलाई उपचारका लागि सहयोग गर्न फाउण्डेसनले भेण्टिलेटर हस्तान्तरण गरिएको बताउनुभयो । उहाले मुलुकमा अप्ठेरो र विपद्को समयमा फाउण्डेसनले सहयोग गर्दै आएको र थप सहयोगका लागि सधैं तत्पर रहेको उल्लेख गर्नुभयो ।

उक्त अवसरमा रुपन्देहिका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, अस्पताल बिकास समितिका अध्यक्ष र प्रतिनिधि, भिम अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा नविन दर्नाल लगायतको उपस्थिती रहेको थियो ।