चौतर्फी विकासका लागि उम्मेदवारीः नेता कण्डेल

12

नवलपरासी, १४ मंसिर ।

नेपाली कांग्रेसका नेता एवंम् नवलपरासी ( बर्दघाट सुस्ता ) पश्चिम निर्वाचन क्षेत्र नं. २ प्रतिनिधी सभा सदस्यका उम्मेदवार देवेन्द्रराज कण्डेल (मुन्ना बाबु ) ले यस क्षेत्रको चौतर्फी विकासको एजेण्डा अघि सारेर आफ्नो उम्मेदवार बनेको स्पष्ट पार्नुभएको छ ।

पुर्व गृह राज्य मन्त्री समेत रहनुभएका कण्डेलले आज आफ्नो निर्वाचन क्षेत्रमा आयोजित प्रचार प्रसारको क्रममा पाल्हीनन्दन गाउंपालिकामा १ महेशपुरमा आयोजित बृहद कोणसभालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

सो क्रममा नेता कण्डेलले संबिधानको प्रभावकारी कार्यान्वयनसंगै यस क्षेत्रको भैतिक पुर्वाधार निमार्ण, सडक शिक्षा, स्वास्थ्य, खानेपानी, लगायत विकासका एजेण्डा सहित जनताको माझं आएको कण्डेलले दाबी गर्नुभयो ।
यस अगाबै गृह राज्य मन्त्रीको भुमीकामा रहदा यस क्षेत्रमा कण्डेलले गर्दै आएको कामको उचित मुल्याकंन गर्दै यस पटक समेत कण्डेललाई जनताको काम अवसर दिने सो क्रममा मतदाताहरुले कण्डेललाई प्रतिबद्धता जनाएका थिए । चुल्हाइ प्रसाद यादवको अध्यक्षतामा भएको सो कार्यक्रमा पार्टीका कार्यवाहक सभापति अर्जुन कुमार पोखरेल, नेपाली कांग्रेसका नेता अनिल गौड, पुर्व सांसद शकर पाण्डे, नेपाली कांग्रेसका सहसभापति सुवासचन्द्र गिरी, निर्वाचन परिचालन बुद्धिजिबी समितीका संयोजक राजेश्याम पाठक लगायतले बोल्नुभएको थियो । सो अवसरमा बिभिन्न दल परित्याग गरी करिब दुई सय नेपाली कांग्रेसमा प्रबेश गरेका थिए ।

यसैबिच निर्वाचन क्षेत्र न. २ रामग्राम १३ पाडाटिकरमा समेत आज चुनाब प्रचार प्रसार कार्यक्रम सम्पन्न भएको छ । भगौती यादवको अध्यक्षतामा तथा प्रतिनिधी सभा सदस्यका उम्मेदवार देवेन्द्रराज कण्डेललको प्रमुख आथित्यतामा भएको सो कार्यक्रममा पार्टीका क्षेत्रिय सभापति एवम् रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ता लगायतले बोल्नुभएको थियो । सो क्रममा बिभिन्न दल परित्याग गरी २७० जना नेपाली कांग्रेसमा प्रबेश गर्नुभएको थियो ।

यसैबिच निर्वाचन क्षेत्र न. २ पाल्हीनन्दन ५ गेर्मा चोकमा आज कोणसभा सम्पन्न भएको छ । ओम प्रकाश गुप्ताको अध्यक्षता तथा प्रतिनिधी सभा सदस्यका उम्मेदवार देवेन्द्रराज कण्डेललको प्रमुख आथित्यतामा भएको सो कार्यक्रममा प्रदेश सभा उम्मेदवार बैजनाथ जयसवाल, प्रमोद शर्मा, नेपाली कांग्रेसका सहसभापति सुवासचन्द्र गिरी, निर्वाचन परिचालन बुद्धिजबी समितीका संयोजक राजेश्याम पाठक लगायतले बोल्नुभएको थियो ।