चर्चित कलाकार धुर्मुस शुक्रबार कावासोती आउदै

122
सदिक्षा गैरे कावासोती ५ बैशाख
धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष धुर्मुस तथा गौतमबुद्ध अन्तराष्ट्रीय क्रिकेट रंगशाला निर्माणका अभियन्ता सिताराम कट्टेल अाफ्नाे अभियान लिएर सुक्रवार कावासाेती आउदै हुनुहुन्छ ।
धुर्मुस सुन्तली फाउण्डेसनद्धारा चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतमबुद्ध अन्तराष्ट्रीय क्रिकेट रंगशालाकाे अभियानलाइ उर्जा दिएका नवलपुरका युवाहरुले संचालन गरेको हरेक दिन एक मु्ठ्ठी दान नामक महाअभियानलाइ सम्बाेधन अाउन लागेकाे अभियानका संयोजक किरण भुर्तेलले बताए ।
नवलपुरे युवाहरुले चलाएको अन्तराष्ट्रीय क्रिकेट रंगशाला निर्माणबारे अन्तरकेिया शुक्रबार दिउँसो तिन बजे कावासोती २ मा रहेको व्याम्वो कटेजमा सञ्चालन हुनेछ ।  विभिन्न पेशा र संघससथामा आवद्ध नवलपुरे युवाहरुले हरेक दिन एक मुठी दान अभियान चलाएका हुन् ।
यो अभियानबाट संकलित रकमले जिल्लाका बिभिन्न स्थानका बिद्यालयहरुमा विपन्न तथा जेहेन्दार बिद्यार्थीहरुलाई सहयोग गर्दे आएकाे छ । यिनैं युवाहरुको समुहले केहि दिन अघि बारा र पर्सामाका हावाहुरी पिडितलाई पनि अभियान मार्फत् सहयोग गरेका थिए ।