पप्पु रेग्मी, नवलपरासी
पत्रकार रवि पाण्डेय माथि हातपात तथा दुब्र्यबहार गर्ने दुई जना युवाले सार्वजनिक रुपमा माफी मागेका छन् । उनीहरुले बर्दघाट संचार कल्बको अगुवाई तथा क्रान्तिकारी पत्रकार महासंघ नवलपरासी शाखाको रोहवरमा पत्रकार पाण्डेसंग आफुहरुले गल्ती गरेको स्विकार गर्दै माफी मागेका हुन ।
ई– रिक्साबाट बर्दघाट नगरपालिकाले लिएको दोहोरो कर सम्बन्धि समाचारको बिषयलाई लिएर ठेकेदार पक्षका युवा भेषबहादुर पुन र बिष्णु भन्ने विश्वबन्धु पोखरेलले पत्रकार पाण्डे माथि बर्दघाट बजारमै हातपात तथा गालीगलौज गरेका थिए ।
उनीहरु दुवै जनाले हातपात तथा दुब्र्यवहार गर्नु आफ्नो गल्ती रहेको स्विकार गर्दै आगामी दिनमा यस्ता गल्ती नहुने समेत प्रतिबद्धता गर्दै माफी मागेका थिए । उनीहरुले माफी मागेपछि ती संस्थाका प्रमुख तथा प्रतिनिधिहरुकै रोहवरमा उनीहरुलाई गल्ती नदोहो¥याउने कागज पनि गरिएको बताइएको छ । तर, जिल्ला प्रहरी कार्यालय नवलपरासीमा भने उनीहरु बिरुद्ध सार्वजनिक उपद्रयाई गरेको किटानी जाहेरी कायमै रहेको छ ।
नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद भट्टले सो मुद्धाको अनुसन्धान जारी रहेको र घटनास्थल सर्जमिन तथा साक्षीहरुबाट बयान लिने काम सकिएको बताउदै घटनामा संलग्नहरुलाई कानुनबमोजिम कारवाही हुने जानकारी दिनुभयो ।