पप्पु रेग्मी, बर्दघाट ।
ग्रामीण वाल्मिकी बचत तथा ऋण सहकारी संस्था बर्दघाट–७ जिमिरेभार पश्चिम नवलपरासीको ३१ औं वार्षिक साधारण सभा केन्द्रीय कार्यालय जिमिरेभारमा साेमवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रविन्द्र विक्रम हमालको अध्यक्षता बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले बाेल्दै, बर्दघाट नगर क्षेत्रलाई कार्य क्षेत्र बनाएर २३ वटा सहकारीहरु रहेको बताउदै, नगरलाई कार्य क्षेत्र बनाएका सहकारीहरुको नियमन नगरले गरेको र बांकी प्रदेश र केन्द्र नियमन गर्ने भए पनि ग्रामिण वाल्मिकी सहकारी संस्था बर्दघाट नगरको एउटा उदाहरणीय संस्था रहेको भन्दै, अार्थिक रूपमा बलियो भएको हुनाले यस संस्थाले नगरको नाम समेत चिनाउन सफल भएको बताउनुभयो ।
संस्थाका अध्यक्ष रबिन्द्र बिक्रम हमालले सबैतिर सहकारीको रकम अपचलन गरेको समाचार आईरहदा ग्रामीण वाल्मिकी सहकारी पारदर्शि रुपमा अघि बढेको बताउनु भएको थियो । स्थानीय स्तरमा मात्र नभै अन्तरराष्ट्रिय सहकारी मापदण्डमा रहेर सहकारीकाे अभ्यास गरी रहेकाले आफुहरुले नेतृत्व गरेको संस्था सबै तरीकाले मजबुत रहेको बताउनुभयाे ।
साधारण सभामा संस्थाका कोषाध्यक्ष मुरली कृष्ण खनालले १ अर्व २२ कारेड ८३ लाख २५ हजार ६ सय ५६ रुपैयाको आर्थिक कारोवार भएको संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
संस्थाले २ करोड ४४ लाख नाफा कमाएको प्रतिवेदन रहे पनि यस संस्थाको नाफाबाट २ करोड ९ लाख ८२ हजार बचत रकमलाइ ऋण सुरक्षण कोषमा राख्नु पर्ने कारणले संस्थाका शेयर सदस्यहरुलाई यस वर्ष बोनस नदिने गरी संस्था अघि बढेको जानकारी गराउनु भएको थियो नवलपरासी बर्दघाट सुस्ता पश्चिम जिल्लाकाे कार्य क्षेत्र रहेको एस सहकारीको कुल शेयर पुँजी १० करोड ३४ लाख ३९ हजार ९ सय रहेको छ । सहकारीले ९८ करोड ७८ लाख २८ हजार ९ सय १३ रुपैयाँ २६ पैसा बचत सङ्कलन गरी ८५ करोड ५९ लाख २३ हजार ४ सय ८० रुपैयाँ ५० पैसा ऋण लगानी गरेको छ ।
सहकारीकाे जगेडा कोषमा ९ करोड ३७ लाख २९ हजार ३ सय ८७ रुपैयाँ २१ पैसा रहेको र संस्थागत पुँजी ९ करोड ४० लाख ४२ हजार ६ सय ५८ रुपैयाँ १३ पैसा रहेको संस्थाको प्रतिवेदन पुस्तिकामा उल्लेख गरिएको छ ।
कार्यक्रममा सह–सचिव कृष्ण गौतमले प्रगति विवरण तथा आ.ब. २०८१ र २०८२ का लागि प्रस्तावित वार्षिक नीति तथा, प्रस्तुत गर्नुभएको थियो ।
सुपरीवेक्षण समितिका संयोजक भानुभक्त ढकालले प्रस्तुत गरेको लेखा सुपरीवेक्षणको प्रतिवेदन साधारणसभाले अनुमोदन गरेको छ ।
२०५१ सालमा स्थापना भएको सहकारीमा हाल ७ हजार ७९ जना महिला र ५ हजार ३ सय ३९ जना पुरुष र संस्थागत ९ गरी कुल १२ हजार ४ सय २७ जना शेयर सदस्य रहेका छन भने बाल सदस्यको सङ्ख्या २ हजार २ सय १८ जना रहेकाे व्यवस्थापक अनन्त पाण्डेले जानकारी दिनुभयो ।
कार्य समिति सदस्य बोध प्रसाद पाण्डेको स्वागत मन्तब्य रहेको कार्यक्रममा पत्रकार नारायण भण्डारी, बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल, सल्लाहकार देवी प्रसाद अधिकारी, पुर्व अध्यक्ष बसन्त कुमार रेग्मी, पुर्व सचिव देवी दत्त सापकोटा लगाएतले शुभकामना मनतव्य राख्नु भएकाे कार्यक्रमकाे सञ्चालन सह-सचिव कृष्ण गाैतमले गर्नुभएको बिजय ज्ञवालीले बताउनुभयो ।