6.9 C
New York
Friday, November 14, 2025

Buy now

spot_img
spot_img

गौशाला नगरपालिकाद्वारा कप्तान पूजा महतोलाइ सम्मान ।

- Advertisement -

महोत्तरी – नेपाली क्रिकेट इतिहासमा पहिलो पटक यू-१९ महिला विश्वकपमा नेपालको प्रवेश गराउन विशेष भूमिका खेल्ने कप्तान पूजा महतोको सम्मानमा गौशाला नगरपालिकाका प्रमुख डा. दिपेन्द्र महतोले नगद पुरस्कार प्रदान गरेका छन्।

नगरपालिका प्रमुख डा. महतोले कप्तान महतोलाई नगद १ लाख ५१ हजार रुपैयाँसहित एक भव्य समाराेहमा अभिनन्दन गरेका हुन् । समाराेह गाैशाला नगरपालिकाले कप्तान पूजा महतोको सम्मानमा आयोजना गरेकाे थियाे ।

कार्यक्रमको आयोजना नेपाली क्रिकेट प्रतिको सम्मान र भविष्यका खेलाडीलाई थप प्रेरित गर्न गरिएको बताइएको छ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुबोध ठाकुर, वडा नं. २ का वडाध्यक्ष श्यामसुन्दर मण्डल, वडा नं. ९ का वडाध्यक्ष बद्री सिंह दनुवार, वडा नं. १० का वडाध्यक्ष मुकेश कुशवाहा, वडा नं. ११ का वडाध्यक्ष रामप्रित महतो, वडा नं. १२ का वडाध्यक्ष कुशेश्वर महतोका साथै गौशाला नगरपालिकाका सम्पूर्ण कर्मचारी, स्थानीय खेल प्रेमी, महिला, शिक्षक, समाजसेवी, प्रहरी र युवा खेलाडीहरूको उल्लेखनीय उपस्थिति थियो।

त्यस्तै, नोभेम्बर ४ देखि १३, २०२४ सम्म युएईमा सम्पन्न ICC U-19 Women’s T20 World Cup Asia Qualifier क्रिकेट प्रतियोगितामा नेपालकी अन्डर-१९ महिला राष्ट्रिय टोलीलाई प्रथम स्थान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने पुजा महतोको सम्मानमा साेमवार गौशाला नगरमा भव्य शोभायात्रा आयोजना गरिएकाे थियाे ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme