कपिलवस्तु, २३ भाद्र
सिमान्तकृत समुदायलाई गुणस्तरिय शिक्षामा पहुँच अभिबृद्धिका लागि नगरप्रमुख अब्दुल कलामले संकल्प लिएका छन ।
अन्तराष्ट्रिय साक्षरता दिवस एंव राष्ट्रिय शिक्षा दिवसको अवसरमा कपिलबस्तुले महाराजगंज नगरपालिकामा आयोजना गरेको एक कार्यक्रममा उनले सो संकल्प लिएका हुन । गुणस्तरीय शिक्षाका लागि शिक्षा नितिमा बहस एवम् सरोकारवालाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख कलामले आवश्यक सल्लाह सुझावका लागि सरोकारवालालाई आह्वान गर्दै शिक्षा क्षेत्रमा निगरानी बढाउन सम्बन्धित सबैलाई निर्देशन समेत गरे ।
उनले बिद्यालयको अवस्थामा सुधार ल्याउन तथा गुणस्तरियता अभिबृद्धि गर्न प्रयाप्त बजेट बिनियोजन गरिएको बताए ।.उनले भने ‘आजैबाट नगिारनी थालौ, सल्लाह सुझाव संकलन गरौ, शिक्षा नितिमा संशोधन गरौ, सार्बजनिक शिक्षालाई गुणस्तरिय बनाउन म आजैको मितिबाट संकल्प लिदै छु ।’
मधेश मानव अधिकार गृहको आयोजनामा आयोजित उक्त कार्यक्रममा बोल्दै प्रमुख प्रशाकीय अधिकृत डोलकराज ढकालले नगरपालिकाले २०७४मा पारित गरेको शिक्षा नियमवलीका बिषयमा बिज्ञ समुहसंग छलफल गरेर मात्र अघि बढाईने बताए । उनले गुणस्तरीय शिक्षाकालागि नगरपालिका हरसम्भव प्रयत्न र कार्य गर्न तयार रहेको बताउदै सम्बन्धित सबैलाई सहयोगका लागि अपील समेत गरे ।
नगरपालिकाका सामाजिक विकास अधिकृत निरंजन पौडेलले नगरपालिकाद्धारा पारित ऐन र नियमावली बारे जानकारी गराएका थिए । कार्यक्रममा सहजकर्ता एवम् इन्टरनेशनल अलर्टका वरिष्ठ अधिकृत शोभा चौधरीले नगरपालिकाले पारित गरेको शिक्षा नियमावलीका बारेमा चर्चा गर्दै बिभिन्न सुझावहरु समेत दिएका थिए । मधेश मानव अधिकार गृहका अध्यक्ष रबि ठाकुरको अध्यक्षता तथा सुन्दर शान्त नेपाल परियोजनाका संयोजक बसन्त बन्जाडेको संचालनमा सम्पन्न कार्यक्रममा परिवेश अनुसारको पठ्यक्रम, सूचना तथा प्रबिधिमैत्री बिद्यालय, सीमान्तकृत र पीछडाबर्गलाई शिक्षमा पहुँचका लागि छात्रबृत्रि तथ, समुदाय र बिद्यालय बिच संबन्ध अभिबृद्धि लगायतका बिषयमा छलफल भएको थियो ।
कार्यक्रममा पुस्तकालय, सरसफाई र वातावरण लगायतका बिषयहरु नगरपालिकालको बनाएको शिक्षा नियमावलीमा समेटन’ पर्ने सुझावहरु सहभागीले दिएका थिए । शिक्षमा नगरपालिकाले बिशेष जोड दिएकाले यसको बिवकासमा सरोकारवालाहरुले पनि बिशेष चासो दिनु पर्नेमा वडा अध्यक्ष योगेन्द केसीको जोड थियो ।. सो अवसरमा राधेश्याम बरई, हुसेन अहमद, राम बहादुर चौधरी, लगायतले शिक्षाको बिकासका लागि सरकारी बिद्यालयलाई सुधार गर्नु पर्ने बताएका थिए ।
भौतिक र मानवीय श्रोतमा संस्थागत विद्यालय भन्दा संपन्न सामुदायिक बिदालयको शैक्षिक अवस्था खस्कदै जानुमामा शिक्षकको मात्र दोष नभै अभिभावक समेतले बेवास्ता गरेको बताउदै सहभागीले सहकार्यको आवस्यकता औल्याएका थिए ।