गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्नुछ : दाहाल

12
kathmandu, NEPAL: Nepalese Prime Minister Girija Prasad Koirala (L) talks to Maoist Chariman Prachanda (R) during the signing of a peace agreement, in Kathmandu 21 November 2006. Nepal's Maoist insurgents and interim government signed a landmark peace accord to end a decade of violence that has claimed at least 12,500 lives in the impoverished Himalayan nation. Hundreds of politicians, diplomats and journalists applauded as rebel leader Prachanda -- whose name means "the fierce one" -- and Prime Minister Girija Prasad Koirala signed off on a deal that formally brings the insurgents into the political mainstream. AFP PHOTO/DEVENDRA M. SINGH (Photo credit should read DEVENDRA M SINGH/AFP/Getty Images)

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेता गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्न स्थिर सरकार र देश समृद्ध बन्नुपर्ने बताएका छन् ।

चितवन क्षेत्र नं ३ अन्तर्गत आज मंगलपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले विस्तृत शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता आफू र अर्को हस्ताक्षरकर्ता कोइराला रहेको र उनका सपना पूरा गर्ने जिम्मा आफूमा रहेको जिकिर गरे ।

संविधानसभाको दोस्रो निर्वाचनमा नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइराला निर्वाचित भएका थिए । नेता दाहालले भने, “राष्ट्र निर्माणका लागि गिरिजाप्रसादलाई सम्झेर मलाई मतदान गर्न म नेपाली काँग्रेसका कार्यकर्तालाई आग्रह गर्दछु । यस क्षेत्रबाट काँग्रेसका पुराना र संघर्षशील नेता उम्मेदवार भएको भए मेरो प्रतिस्पर्धी हुने थिए तर काँग्रेसको उम्मेदवार नहुँदा मेरो प्रतिस्पर्धी कोही छैन ।”

अध्यक्ष दाहालले वामपन्थीको स्थिर सरकारले मात्र देशको मुहार कायपलट हुने बताउँदै पाँच वर्षमा चितवनको मुहार फेरिछाड्ने प्रतिबद्धता व्यक्त गरे । वामपन्थीको एकता राष्ट्रको एकताको अङ्ग भएको बताउँदै उनले नेपाली काँग्रेसलाई पनि बृहत् प्रजातान्त्रिक एकता कायम गरी अगाडि बढ्न सुझाव दिए ।

चितवनलाई विकास र समृद्धिमार्फत देशकै नमूना जिल्ला बनाउन आफ्नो उम्मेदवारी रहेको उनले बताए । साभारः सुर्यखबर