उमेश बि.क, नवलपरासी /कार्तिक १० ।
नवलपरासीको सरावल गाउँपालिका वार्ड न.४ काेटही दुर्गा मन्दिर संरक्षण समिति गाेबरहियामा अास्थाकाे पर्व छठ पर्बकाे अवसर पारेर शुभकामना अदानप्रदान तथा विबिध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
मन्दिरका अध्यक्ष नरेन्द्र पान्डेयकाे अध्यक्षतामा तथा सरावल गाउँ पालिका प्रमुख राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा सञ्चालन भएकाे थियाे । कार्यक्रममा बाेल्दै गाउँपालिका प्रमुख चाैधरी नेपाल एउटा बहुजाती, बहुभाषी र बहुसंस्कृतिले भरिएको देश हाम्राे नेपालमा प्रत्येक ब्यक्ति अाफ्नाे जातजाति कलासंस्कृति जगेर्ना गर्नमा लाग्नुपर्नेमा जाेड दिनुभयाे । अगाडि उंहाले त्यो कार्य पूरा गर्नकाे लागि यस्तो कार्यक्रम समय समयमा गर्न एकदमै जरुरी रहेकाे बताउनुभएकाे छ ।
फरक प्रसंगमा देशकाे राजनीति उथलपुथल भएको अवस्थामा लाेकतन्त्र र समाजवाद खतरामा परेकाे बताउनुहुदै नेपाली कांग्रेस पार्टी देशकाे अभिभावक भएको हुनाले लाेकतान्त्रिक शक्तिलाई समेटेर अगाडि बढ्न एकदमै जरुरी रहेकाे र साथै लाेकतन्त्र बचाउन हामी सबै लाग्नुपर्छ भन्नुभयाे ।
तराईमा बिशेष गरि अादिबासि जनजाति, दलित बस्ति धेरै भएको हुनाले हामी लाेकतान्त्रिक पक्षधर एकजुट हुदैनाैँ भने अाफ्नाे हकअधिकारमा पछाडि पर्नेछैाँ । यदि हामी अहिले एकजुट भएनैा भने नेपालबाट लाेकतन्त्र र समाजबाद खतरामा पर्नेछ । नेपालकाे संविधान कार्यान्यवन गराउन चुनाैती बन्दै गएकाे यस पछिल्लाे अवस्थामा लाेकतन्त्रकाे रक्षाका लागि नेपाली कांग्रेसलाई बहुमतका साथ देशकाे पहिलाे पार्टी बनाउन अाह्वान गर्नुभएकाे छ । साथै यसक्षेत्रकाे बिकास निर्माण कार्यमा सदैव अाफु अगाडि रहने प्रतिबध्दता समेत गर्नुभएको छ ।
कार्यक्रममा, सरावल गाउँ पालिका वार्ड न.४ वडा अध्यक्ष छाेटेलाल यादव ,दाैतरी एफएम प्रबन्द निर्देशक नारायण भन्डारी , ने.का महादिबेसन प्रतिनिधि सुखाडि प्रसाद चाैधरी, ने.का सरावल गाउ पालिका समन्वय समिति संयाेजक बिनाेद कुमार पान्डेय, अादिवासी जनजाति महासंघ क्षेत्रिय अध्यक्ष इन्द्रबहादुर चाैधरी, भाेजपुरि संचार मन्च नवलपरासी अध्यक्ष उमेश बि.क, समाजसेबि छबिलाल तिवारी ,समाजसेबि कुर्बान अलि,समाजसेबि एवम् युवा नेता जन्मजय यादव, काेटहि दुर्गा मन्दिर निउबर्तमान अध्यक्ष छेदि प्रसाद चाैधरी लगाएतले छठ पर्बकाे शुभकामना मन्तब्य दिनुभएको थियो ।