नन्दु यादव,माघ ७ बेलाटारी
पश्चिम नवलपरासी जिल्ला काे प्रतापपुर गाउपालिकाकाे वडा न २ गाेपिगन्जमा रहेकाे
गोपीगञ्ज बजार बिकास समितिको तेस्रो साधरण सभा तथा दाेस्राे अधिबेशन आज गोपीगञ्जमा सम्मपन्न भएको छ । गाेपिगन्ज बजार बिकास समितिका अध्यक्ष गणेश प्रसाद पोखरेलको अध्यक्षता तथा प्रतापुर गाउपालिका अध्यक्ष राजकुमार शर्माको प्रमुख आतिथ्थयता रहेको थियो ।
कार्यक्रममा होटल तथा रेष्टुरेन्ट ब्यबसायि संघ नवलपरासीका अध्यक्ष रमेश पाण्डे, उधोग बाणिज्य संघका कार्यसमिति सदस्य केशव चापागाई, बाल्मिकी साकोसका अध्यक्ष लक्ष्मुण ज्ञावाली, लगाएतले बोल्नु भएको थियो । साथै दोस्रो अधिवेशन बाट केशव चापागाईको अध्यक्षतामा ११ सदस्यिय नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा ठगै गुरौं, सचिवमा पुकार शर्मा, कोषाध्यक्षमा दिनेश भण्डारी, सदस्यहरुमा टिकाराम बस्याल, सुरज भुसाल, जैंबुन नेशा, निरज पौडेल, रेनुका सापकोटा, राजेन्द्र गुप्ता, र विरेन्द्र कुमार गुप्ता चयन हुनुभएको छ।कार्यक्रम मा बाेल्दै नवनिर्वाचित अध्यक्ष केशव चापागाईं ले अबकाे दिनमा गाेपिगन्ज बजार लाई बिकास गर्नअाफु ले नया याेजना बनाई अगाडी बढने बताउनु भयाे अबकाे नेतृत्वले गाेपिगन्ज बजारलाई ब्यवस्थित तरिकाले बिकास गरि क्षेत्र कै नमुना बजारकाे रुपमा स्थापित गराउन अाफ्नाे मुख्य लक्ष्य रहेकाे चापागाईले बताउनु भयाे ।कार्यक्रम लाई दिपक अधिकारी ले सन्चालन गर्नु भएकाे थियाे