गाेठ सुधार तालिम सम्पन्न

117
उमेश वि.क /बैशाख १३ 
नवलपरासीको सुस्ता गाउँपालिका १ बरुवामा १ दिने गाेठ सुधार तालिम प्रदान गरिएको छ । बिकल्प नवलपरासीको आयोजना र युनाइटेड मिसन टु नेपालको सहयोगमा उक्त तालिम प्रदान गरिएको हाे।
बिकल्पका पशु प्राबिधिक गगन सिंह रानाकाे अध्यक्षतामा १ दिने गाेठ सुधार तालिम अाज सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै बिकल्पका पशु प्राबिधिक रानाकाेले गाेठ सुधार तालिम पशुपालक कृषकको लागि अति अावश्यक छ।
पशुपालक कृषकको गाेठ तथा भकाराे सरसफाइ ,ब्यवस्थापन ,जैबिक सुरक्षा ,गाेठ निर्माण,पिसाब र गाेबरकाे उचित ब्यवस्थापन तथा सरसफाइ गर्नमा बिशेष ध्यान दिदा पशुमा राेग किरा नियन्त्रण गर्नमा बिशेष भुमिका खेल्दछ भन्ने कुरामा जोडे दिएका थिइन ।
सो तालिममा बर्दघाट नगरपालिका र सुस्ता गाउँपालिका गरी २६ जनाको सहभागीता रहेको थियो । तालिमको प्रशिक्षण बिनय त्रिबेणि गाउँपालिका पशु सेवा प्राबिधिक बाबुराम पाैडेलले गरेका थिए ।