गाउंपालिका विरूद्ध स्थानीयवासी, विराेधमा प्रदर्शन

8

नवलपरासी, १७ साउन ।

सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेय जनताको आधारभुत आवश्यकताका ठोस कार्यक्रम नल्याइ कार्यकर्ता भरणपोषणमा लिप्त भएपछि स्थानीयवासी विराेधमा उत्रेका छन् ।

Advertisement

गाउँपालिका अन्तर्गत संचालन भईरहेका विभिन्न कार्यक्रम तथा योजनामा व्यापक अनियमितता, भ्रष्टाचार र कार्यकर्ता पोषण गर्ने कार्यमा लागेको जनगुनासो बढेकाले गम्भिर ध्यानाकर्षण भएको नेपाली काँग्रेस सुस्ता गाउँपालिका तदर्थ समितीले जनाएकाे छ ।

समितिले सुस्ता वडा नं. २ मा निर्माण भईरहेको खेल मैदानकाे निर्माण पालिका भित्रका पांच वटै वडाका जनतालाइ पायक पर्ने स्थान मध्यभागमा निर्माण नगरि कुवांरवर्ती वन क्षेत्रमा निर्माण गर्न खाेजिएकाले निर्माण राेक्न माग गरिएकाे छ । वन क्षेत्रकाे जग्गा अतिक्रमण गर्न खाेजिएकाे भन्दै स्थानीयवासीले निर्माण राेक्न वन कार्यालय परासीमा निवेदन समेत दर्ता गराएका छन् ।

गाउँपालिकाका विभिन्न अन्य योजनाका कामहरु गुणस्तरिय नभएको, नदीजन्य पदार्थको भईरहेको दोहन कार्य बढेकाे र कार्यकर्तामुखी कार्यक्रमलाइ बढावा दिएकाले तत्काल यसकाे अन्त्य गरी सर्वदलिय समावेशी कार्यक्रम लागु गर्नुपर्ने माग गरिएकाे छ ।

नेपाली काँग्रेस सुस्ता तदर्थ समितीका संयोजक हस्मुद्धिन शेषको नेतृत्वमा एक सय बढिकाे संख्यामा सुस्ता गाउंपालिका कार्यालयमा पुगेको डेलिगेेेशन टोलीले पालिका अध्यक्ष राम प्रसाद पाण्डेयलाइ ज्ञापन पत्र बुझाउदै सामुदायिक विद्यालयलाई धरासायी बनाइ संस्थागत विद्यालयलाई प्रोत्साहन गराउने कार्यक्रम बन्द गर्न समेत जाेडदार माग गरेकाे छ ।

ज्ञापन पत्रमा जनताको आधारभुत आवश्यकताका गास, बास, कपास तथा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि विद्युतिकरणकाे क्षेत्रमा पर्याप्त वजेट विनियोजन नगरी कार्यकर्ता पाल्ने खालका कार्यक्रम ल्याएकाे आरोप लगाउँदै सो कार्यक्रम तुरुन्त बन्द गरी जनतालाई प्रत्यक्ष फाईदा दिने किसिमका कार्यक्रम ल्याउन सुझाव दिएकाे छ ।

कार्यक्रम बनाउँदा सर्बदलिय पक्षलाई सहभागी गराउन समेत उल्लेख गरिएको छ । ज्ञापन पत्रमा उल्लेख गरिएका मागहरुमा पार्टीद्धारा प्रस्तुत माग उपर सुनुवाई नभएमा नेपाली काँग्रेस सुस्ता गाउँपालिका तदर्थ समितीले थप विराेध गर्ने चेतावनी दिएको छ ।

ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष पाण्डेयले सुस्ता गाउँपालिकामा गुणस्तरहिन काममा आफुले सम्झौता नगर्ने, गाउँटोलमा हुने निर्माण कार्यमा उपभोक्ता समितीले विशेष ध्यान दिनुपर्ने र सबै पक्षलाई समेटेर हिंड्ने बताए ।

Advertisement