गाउँ स्तरीय कबड्डी प्रतियाेगिता सुरु

5

उमेश बि.क, १६ कार्तिक ।

नवलपरासीको सरावल गाउँपालिकामा गाउँ स्तरीय कबड्डी प्रतियाेगिता अाज सुक्रवारदेखि सुरु भएको छ । खेलकाे अाज एक समाराेह बीच शुभारम्भ गरिएकाे छ ।

Advertisement

शुभ दिपावलीकाे पुनित अवसरमा आयोजित सो प्रतियोगिता वडा नं.५ अार्थिक सहयोगमा जन बिकास युवा क्लब धनगडवा अायाेजक रहेकाे क्लबका अध्यक्ष गाेपिचन्द हरिजनकाे अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य रामलखन हरिजनकाे प्रमुख आतिथ्यता सञ्चालन भएकाे हाे । समाराेहमा प्रदेशसभा सदस्य दिपेन्द्र अधिकारीकाे बिशिस्ट अातिथ्यता रहेकाे थियाे ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य हरिजनले खेलले युवाहरुलाई कुलतबाट बचाउने भएकाले खेल क्षेत्रको बिकासका लागि आफु सदैव लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रमकाे बिशिस्ट अतिथि प्रदेशसभा सदस्य अधिकारीले खेलकुद स्वास्थ्यको लागि उपयोगी मानिने भएकोले स्थानिय स्तरमा हुदै गरेका खेलकुद र खेलकुदका खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा विकास गरि राष्ट्रिय स्तरमा पुर्याउन सकिए वडाको मात्रै नभई समग्र गाउँपालिका र जिल्लाकै नाम अगाडी जाने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा नं ५ वडा अध्यक्ष दिनेश सहानि, सरावल गाउँपालिका स्तरीय खेलकुद समिति अध्यक्ष महेन्द्र चाैधरी, भाेजपुरी पत्रकार हकहित संरक्षण संस्था नवलपरासीकाे अध्यक्ष उमेश बि.क, सुरेश यादव लगायतले कार्यक्रमकाे शुभकामना मन्तब्य दिनुभएको थियो ।

साे खेलकुद प्रतियाेगितामा ४६ वटा कबड्डी समुहको सहभागिता रहेकाे छ । प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, मेडल, प्रमाण पत्र द्धितिय हुनेलाई १५ हजार, मेडल, प्रमाण पत्र र तृतीय हुनेलाई १० हजार, मेडल, प्रमाण पत्र पुरस्कार दिइने छ ।

Advertisement