उमेश वि.क, सञ्जय कुशवाहा, असार २४ नवलपरासी
नवलपरासीको सरावल गाउपालिकाले काजक्रिया गर्नको लागि एक परिवारलाई खाद्यान्न सामाग्री उपलब्ध गराएकाे छ ।
गाउपालिकाले वडा न.३ का स्थानीयवासी निरज दुसाधकाे २३ वर्षको अल्पायुमै हुन गएकाे मृत्युकाे दुखद घडीमा सहयाेग गरेकाे हाे । असार १२ गतेका दिन टाउको दुखाईका करण निधन भएको थियो ।
२ वर्ष देखि बुवा राम किसुन दुसादको खुट्टामा पेरालायसिस भएको हुनाले चलन नसकिने भएका छन ।
छोराको क्रिया गर्नको लागि निरज कि आमा दुर्गावती देवी दुसादलाई गाउटोलका मानिसहरू पनि सहयोग गरेका छन ।
त्यस्तै गरि भोलि सोमबारको दिन दुसादको क्रिया गर्नको लागि ५० किलो चिउरा ,१० किलो चिनी ,१० लिटर रिफएन लगाएत खद्दान समाग्री वितरण गरिएको बताईको छ ।
वडा न ३ का अध्यक्ष अणेन्दर राय काे सभापतित्व तथा सरावल गाउपालिकाका प्रमुख राधेश्याम चाैधरीकाे प्रमुख अतिथ्यतामा भएकाे कार्यक्रममा सरावल गाउपालिका कि उपाध्यक्ष उत्तमा राय ,कार्यकारिक अधिक्रित रमेश्वर रेघमि ,स्थानीय लगाएतहरूको उपस्थिति थियो ।
।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि राधेश्याम चाैधरीले सरावल गाउपालिका अन्तरगतको यस्ता घटना भएमा गाउपालिका शद्व तयार रहने र गरिबहरूको हमेसा साथ र सहयोग गर्नमा हामी कैले पनि पछाडि हटि दैनउ सद्वव सहयोग र अावश्यक पर्ने कुरामा गाउपालिका सधै तयार रहेकाे बताउनु भयाे ।