गाइकाे अवैध ओसारपसारमा केरा बाेक्ने पिकअपका चालक संलग्न रहेकाे खुलासा, लम्पी स्किन राेग संक्रमणकाे जाेखिम बढ्दाे …..

70
File pic

वृजराज कुशवाहा, नवलपरासी । शहरका गाइबहर ल्याइ नवलपरासीकाे प्रतापपुरमा छाडा छाड्ने काममा केरा लाेड गर्ने पिकअपका चालकहरू संलग्न रहेकाे खुलासा भएकाे छ ।

प्रतापपुरकाे गूठी परसाैनी पकलिहवा क्षेत्रबाट केरा खरिद गरि काठमाण्डाैं, पाेखरा र नारायणगढ लगायतका प्रमुख शहरहरूमा बेच्न लैजाने पिकअप चालकहरू उताबाट रित्ताे फर्किदा गाडीमा गाइबहर लिएर आउने र प्रतापपुर क्षेत्रमा जथाभावी छाड्ने गरेकाे रहस्यमयी काम स्थानीयले पत्ता लगाएपछि घटनाकाे खुलासा भएकाे हाे ।

कानुनकाे धज्जी उडाउंदै चालकहरू पैसाकाे लाेभमा परि शहरका बेकाम बनेका गाइबहर ल्याइ छाड्दा ती छाडा पशुले जहाँ एकातिर खेतबाली नष्ट गर्दै हिडेका छन्, त्यहीं अर्काेतिर लम्की स्किन नामक राेग पनि सार्दैछन् । गाइवस्तुमा लाग्ने याे राेगकाे तिब्र संक्रमण भइरहदा देशैभरि किसान हैरानीमा छन् । यस राेगकाे नियन्त्रण गर्न सरकारलाइ हम्मेहम्मे परिरहेकाे छ । यस अवस्थामा पिकअप चालकहरू बेराेकटाेक धन्दा सञ्चालन गरेका छन् । नियन्त्रण गर्ने सरकारी निकाय माैन बसेकाे छ ।

कुनै पनि पशुचाैपाया एक स्थानबाट अर्काे स्थानमा लैजादा पशुमा राेग संक्रमण रहे नरहेकाे जांच गरि प्रमाणपत्र लिनुपर्ने व्यवस्था छ । धन्दामा संलग्न चालकहरू क्वारेन्टाइन चेकपाेष्टकाे समेत बेवास्ता गरेका छन् । प्रहरी पनि निगरानी गर्नमा चुकेकाे छ । स्थानीय भन्छन्, खै कारण के हाे ? बुझ्न सकिएन ।

विगत लामाे समयदेखि प्रतापपुर गाउंपालिकाकाे केरा खेती हुने क्षेत्र गूठीपरसाैनी, नरसही र पकलिहवामा बेवारिसे गाइबहरकाे संख्या बढ्न थालेपछि केरा क्षति व्याेहाेर्न बाध्य किसानहरू यस रहस्यकाे खाेजी गरेका हुन् । यस क्षेत्रमा संख्या बढेका ती छाडा चाैपायाहरू केराखेतीमा जथाभावी पस्ने, बाली खाइदिने, केराकाे बाेट लडाइदिने गर्नाले किसानहरू ठुलाे क्षति व्याेहाेर्दै आएका छन् । बढ्दाे संख्यामा रहेका गाइबहरहरूकाे हुल जता गयाे, उतै बालीमा क्षति पुर्याउन थालेपछि किसान आजित भएका छन् ।

दुध दिन छाडेका बुढा उमेरका गाइहरू, बाछाेहरूकाे संख्या अत्यधिक मात्रामा देख्न पाइन्छ । दुध दिन बन्द गरेका बुढा उमेरका गाइहरू र बाछाेहरूबाट लाभ नहुने भएपछि शहरिया किसानहरू यीनलाइ तह लगाउन पिकअप चालकलाइ पैसा दिएर गाइ बाेक्न लगाउछन् । पैसा पाउने भएपछि चालकहरू अवैध रूपमा ति गाइबहर बाेक्ने गरेका छन् । यसरी पशु चाैपाया एक ठाउंबाट अर्काे ठाउंमा ओसारपसार गर्दा क्वारेन्टाइन चेकजांच रिपाेर्ट अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था छ तर यसकाे बेवास्ता गर्दै चालकहरू बेराेकटाेक गाइबहर ओसारपसार गरिरहेका छन् ।

काठमाण्डाैं, पाेखरा र नारायणगढ लगायतका शहरबाट पश्चिम नवलपरासीकाे प्रतापपुर गाउंपालिकासम्म पुग्न बाटाेमा कैयाैं प्रहरी चेकपाेष्टहरू छन् । तर ती चेकपाेष्टहरूमा केराका गाडीहरू आउंदा या जादा दुबैतर्फबाट चेक गरिदैन । एक व्यावसायीका अनुसार केरा बाेक्ने गाडीले बाटामा रहेका ती सबै चेकपाेष्टहरूमा पाकेकाे केरा गिफ्ट गरेका हुन्छन् ।

देशैभरि विकराल रूप लिइरहेकाे लम्की स्किन नामक गाइवस्तुकाे सरूवा राेग संक्रमणकाे अवस्थामा यति लामाे दुरीसम्म गाइबहर ओसारपसार गरेका कारण नवलपरासीमा राेग संक्रमण तिब्र रूप लिन थालेकाे छ ।

केराखेतीका साथै धान, उंखु तथा अन्य बालिमा समेत क्षति व्याहाेर्दै आएका किसान दाेहाेराे मारमा परेका छन् । लम्पी स्किन राेगकाे संक्रमण बढ्न थालेपछि स्थिती भयावह बन्दै गएकाे छ । नियन्त्रणकाे लागि जिम्मेवार सरकारी निकाय कुनैले पनि प्रयास नगरेकाे कारण यस धन्दाले नेपालबाट भारततर्फ हुने गाइ तस्करीलाइ बढावा समेत दिएकाे छ । तस्करहरू पछिल्लाे समय गाइवस्तु समात्ने र भारतकाे बिहारमा लगेर बेच्ने धन्दा तिब्र बनेकाे छ । यस धन्दामा प्रहरीले कतिपय घटनामा कार्वाही समेत चलाएकाे छ ।

क्वारेन्टाइनले तथा प्रहरीले बाटाेमा चेक गरि नियन्त्रण गर्नुपर्ने, जिल्ला प्रशासनले एक जिल्लाबाट अर्काे जिल्लामा प्रवेश गर्दा निगरानी कडाइका साथ पालन गराउनुपर्ने र स्थानीय सरकारले अनुगमन गरे पशु चाैपायाकाे अवैध ओसारपसार नियन्त्रण गर्न सकिन्छ ।