8.1 C
New York
Friday, January 23, 2026

Buy now

spot_img
spot_img

गाँजा सहित मानिस पक्राउ

- Advertisement -

नवलपरासी (ब.सु.प.) । घरमा राखेर लागु औषधि बिक्री वितरण भइरहेकाे सूचनाको आधारमा खानतलासी गर्दा प्रहरीले १३ किलो ८८० ग्राम गाँजा बरामद गरी कार्वाही चलाएकाे छ ।

प्रहरीले साे गाँजा रामग्राम नगरपालिका वडा नं. १२ पचगावा बस्ने ५० वर्षिया रेसमा देवी भरको घरबाट बरामद गरेकाे जनाएकाे हाे ।

लागु औषधि बिक्री वितरण गर्दछन् भन्ने सूचनाको आधारमा मंसिर ७ गते साढे ३ बजेको समयमा निजको घरको कानुन बमोजिम खानतलासी लिने क्रममा कोठा भित्र जेब्रा झोलामा राखिएको नेट तौल १३ किलो ८८० ग्राम गाँजा जस्तो देखिने पदार्थ लुकाई छिपाई राखेको अवस्थामा फेला पारी बरामद गरीएकाे नवलपरासी प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार निज रेसमा देवी भर समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme