गर्जन पोष्ट चोथौं वर्षमा प्रवेश

12

आस्थाकै आधारमा मीडियामा दमन हुने कुरा दुखदः चलाउने

फाल्गुण २२, बुटवल ।

बुटवलबाट प्रकाशित गर्जन पोष्ट साप्ताहिकले आफ्नो प्रकाशनको तेस्रो बर्ष पूरा गरी चोथौं बर्ष प्रवेश गरेको अवसरमा ‘संविधानमा मौलिक अधिकार, विचार, आस्था तथा अभिव्यक्ती स्वतन्त्रता’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

आज नेपाल पत्रकार महासंघ रुपन्देहीको सभाहलमा आयोजित अन्तरक्रियामा कार्यक्रममा बोल्दै प्रमुख अतिथी क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वसचिव प्रभात चलाउनेले आस्थाकै आधारमा पत्रकारमाथी दमन हुने कुरा दुखद भएको बताए, उनले पत्रकारमाथी संविधान प्रदत्त गरेको अधिकार मिडियाले प्रयोग गर्न पाउनुपर्नेमा जोड दिएका थिए ।

पछिल्लो समय पत्रकारहरुमाथी राज्यले आस्थाकै आधारमा दमन गर्न खोजेको भन्दै फरक विचार र आस्था राख्दैमा राज्यले दुश्मन देख्न नहुने बनाए । नेपालमा पत्रकार मात्रै हैन सामान्य जनताको मौलिक अधिकार समेत जनताले प्रयोग गर्न नपाउनु दुखद रहेको भन्दै उनले संविधानलाई कार्यान्वयन गर्नेहरुले नै संविधानको उल्लघन गर्ने गरेको बताए ।

गर्जन पोष्ट साप्ताहिकमा प्रहरीले पछिल्लो समय गरेको निग्ररानी गर्ने, खानतलासी गर्ने र छापा हान्ने काम गैरन्यायीक भएकोप्रति इंकित गर्दै चलाउनेले चुनावको समयमा सम्पादकलाई गिरफ्तार गरेकाप्रति घोर भत्सर्ना समेत गरे । यस्तै कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला ईन्चार्ज सरद वलीले जनपक्षीय पत्रकारितामा गर्जन पोष्टले खेलेको भूमिका सराहनीय रहेको भन्दै, आगामी दिनमा पनि पत्रकारिताको माध्यमबाट समाजका विकृतीहरु बाहिर ल्याउँदै भण्डाफोर गर्न आग्रह गरे ।

यस्तै पत्रिकाका सम्पादक प्रकाश डुम्रेले गर्जन पोष्टलाई आगामी दिनमा अझ खोजमुलक पत्रकारितामा केन्द्रित गर्दै जनपक्षीय पत्रकारिताको धारलाई तिखो पार्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अन्तक्र्रिया कार्यक्रममा नेकपा एमालेका प्रचार विभागका तेजेन्द्र केसी, बरिष्ठ पत्रकार बालकृष्ण चापागाई, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतम, मानवअधिकार तथा शान्ति समाज नेपालका केन्द्रिय उपाध्यक्ष गोविन्द खनाल, रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, प्रेस सेन्टरका प्रदेश उपाध्यक्ष रुद्रहरी कुँवर, प्रेस युनियन रुपन्देहीका सभापति विक्रम खड्का, प्रेस चौतारी रुपन्देहीको उपाध्यक्ष लक्ष्मण पोख्रेल, फोनिजका अध्यक्ष सोनु थापा, प्रगतिशील पत्रकार संघका रुपन्देहीका अध्यक्ष श्यामलाल पोख्रेल लगायतले पत्रिकाले उठाएका विषयबस्तुहरुले पत्रिकाको नामलाई ओजपूर्ण बनाएको भन्दै आगामी दिनमा पनि निरन्तर खोजमुलक पत्रकारितामा अग्रसर रहोस् भन्दै शुभकामना व्यक्त गरेका थिए ।

संविधानले दिएको मौलिक अधिकार प्रयोग गर्दै गर्दा प्रहरीले पत्रकारहरुलाई हेर्ने दृष्टिकोण बदल्न जरुरी रहेको र आस्थाकै आधारमा प्रहरीले पत्रकारहरुलाई दुख दिन नहुनेमा अधिकाशं वक्ताहरुको जोड दिएका थिए ।

पत्रिकाका प्रकाशक सम्पादक प्रकाश डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहसम्पादक शिव डुम्रेले गरेका थिए भने स्वागत पत्रकार खोमा तरामु मगरले गरेका थिए । २०७१ फाल्गुण ३ गतेदेखी आफ्नो प्रकाशनको शुभारम्भ गरेको गर्जन पोष्ट साप्ताहिक निरन्तर खोजमुलक पत्रकारितामा आफ्नो कलम चलाउँदै आएको छ ।