गन्तव्य विहिन बन्दै उखु किसानका समस्या

16

सहबान अन्सारी/ श्याम थापा, ७ माघ

उखु उत्पादक कृषक समिति नवलपरासीले सिघ्र मिल संचालनमा ल्याऊन विभिन्न प्रयासहरु गरे पनि जिल्लाका तिन वटा चिनी मिलमध्ये कुनै पनि मिल संचालनमा आऊन सकेकौ छैन । जसले नवलपरासीका उखु किसानहरू बुधवार बागमती सुगर मिल गेट अगाडी भेला भइ दबाव दिए ।

उखु क्रसिङ्गको समय सकिन लाग्दा किसानहरुको उखु बाली खेतमै सुक्न बाध्यात्मक परिस्थिति मिलले सिर्जना गरेको किसानहरुले बताएका छन । नेपाल सरकारले निर्धारण गरेको उखुको मुल्य अनुदान सहित प्रति क्विन्टल ५३६.५२ पैसा निर्धारण गरेपनि मिल सहमत छैन । उनले चिनिको मुल्य नबढाए अथवा उखुकाे निर्धारित मुल्य नघटाएसम्म मिल संचालन नगर्ने सार्वजनिक अभिब्यक्ती दिदै अाएका छन् ।

दबाव दिदै उखु उत्पादक कृषक समिति र उखु कृषकहरुले जिल्लाका तिन वटै मिल यदि २ दिन भित्र संचालनमा नआए राजमार्ग बन्द गर्न कृषक समितिका अध्यक्ष उमेश चन्द्र यादवले बताऊनु भयो । जिल्लामा बागमती सुगर मिल कुडिया, ईन्दिरा सुगर मिल गंगापुर र लुम्बिनी चिनी मिल सुनवल रहेका छन ।

देशमा कुल १२ वटा चिनी मिलहरुले गत पुष २५ गतेका दिन महोत्तरीको बर्दीवासमा मिल संचालक र उत्पादक संघ बिच माघ २ गते सम्पुर्ण चिनि मिलहरु संचालन गर्न साथै ३० देखी ४५ दिन भित्र भुक्तानी गर्न लिखित सहमति भएपनि मिलले अटेर गर्दै आएको छ ।

उखु उत्पादक कृषक समिति नवलपरासीले चिनी मिलहरु यथाशीघ्र संचालन गर्न आग्रह गरेको छ । उक्त दबाव मुलक कार्यक्रममा राजकुमार शर्मा, हस्मुदिन शेख, बिस्मिल्ला अन्सारी, बन्धु बरई, हरेन्द्र यादव, नारायण पाण्डे, लक्ष्मण सिहं, प्रभु यादव लगायतहरुले बोल्नु भएको थियो।