गण्डक पावर हाउसमा भारतकाे विद्युत

112

नन्दु यादव, चैत १५ नवलपरासी ।

गण्डक जलविद्युत केन्द्र सुरजपुराकाे विद्युत उत्पादन ठप्प भएपछि भारतबाट विद्युत अायात गरिएकाे छ । गण्डक नहरमा पानीकाे बहाव बन्द भएका कारण विद्युत उत्पादन ठप्प हुन पुगेकाे केन्द्रले जनाएकाे हाे । नहरमा सरसफाइ तथा मर्मतका लागि नहरकाे पानी बन्द गरिएकाेले विद्युत उत्पादन ठप्प हुन पुगेकाे केन्द्र प्रमुख कपिलदेव मन्जनले बताउनुभयाे।

यसले नहरकाे पानी ४५ दिनसम्म बन्द रहनेछ । नेापल भारतबीच भएकाे गण्डककाे द्विपक्षाीय सम्झाैता अनुसार प्रत्येक वर्ष काे चैत र बैशाख महिना गरि ४५ दिनसम्म गण्डक नहरकाे पानी राेकेर नहर मर्मतकाे कार्य हुने गर्छ ।

साे सम्झाैता मुताबिक नहरमा पानी बन्द भएकाले पावर हाउसबाट विद्युत उत्पादन गर्न नसकिदा भारतकाे बिहारबाट दैनिक ३५ मेगावाट विद्युत अापुर्ति भैरहेकाे मन्जनले बताउनुभयाे । विद्युत भारतकाे बिहारकाे भैसालाेटनबाट अायात गरिएकाे हाे । बिहारबाट ल्याइएकाे विद्युत अहिले गण्डक पावर हाउस, बुटवल र राष्ट्रिय ग्रिडमा जाेडिएकाे छ ।

पावर हाउसमा रहेकाे ३ मध्ये २ वटा टर्वाईन मात्र सन्चालनमा रहेकाे छ भने १ वटा टर्वाईन पुर्ण रुपले खराब छ । गण्डक जलविद्युतकाे उत्पादन क्षमता १५ मेगावाट रहेपनि अहिले जम्मा ६.५ मेगावट मात्र विद्युत उत्पादन भएकाे छ ।