खेल क्षेत्रको विकासमा आफु सदैव लाग्नेः नेता कलवार

17

कार्तिक १, २०७४ नवलपरासी ।

शिरथान युवा क्लब टांगीकोट नवलपरासीकाे आयोजनामा खुल्ला भलिवल प्रतियोगीता सञ्चालन भएकाे छ । प्रतियाेगिताकाे उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता एवंम् निवर्तमान सांसद देवकरण प्रसाद कलवारले खेल क्षेत्रको विकासमा आफु सदैव लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

कलवारले खेल र खेलाडीले यो देशको शिर उचो राखेको प्रति सम्मान ब्यक्त गर्दै नेता कलवारले खेल क्षेत्रको विकासमा सरकार थप सशक्त रुपमा लाग्नुपर्ने बिचार राख्नुभयो । सो अवसरमा नेपाली कांग्रेसका नेताहरु मुलक आचार्य, प्रतापपुर गाउंपालिका प्रमुख राजकुमार शर्मा लगायतले समेत आ आफ्नो बिचार राख्नुभएको थियो ।