खुल्ला पुरुष कबड्डी प्रतियोगिता सम्पन्न

13
बिज्ञापन

उमेश वि.क / सरावल ,१० असाेज

नवलपरासीको सरावल गाउँपालिका ५ दुबाैलियामा खुल्ला पुरुष कबड्डी प्रतियोगिता अाज सम्पन्न भएको छ ।

Advertisement

सिर्जनसिल युवा क्लब सरावल गाउँपालिका वडा नं.५ दुबाैलिया द्वारा आयोजना गरिएकाे सो प्रतियोगिता दिलिप यादवकाे अध्यक्षता तथा सरावल गाउँपालिका उपप्रमुख उतमा रायकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे छ ।

प्रतियोगितालाई सम्बाेधन गर्दै सरावल गाउँपालिक उपप्रमुख रायले खेल मनोरञ्जनको साथै शारीरिक, मानसिक र सामाजिक सदभाव बढाउछ ।

यस क्षेत्रका अार्थिक, सामाजिक, शैक्षिक, खेलकुद विकासका लागि अाफु लागि परेकाे साथै यस क्षेत्र विकास निर्माणका लागि आफू सदैव अगाडि रहने बिचार राख्नु भयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अनिल कुमार गाैड,सरावल गाउँ पालिका वडा न. ५ वडा अध्यक्ष दिनेश सहानि, वडा सदस्य सुधव सहानि, सिद्धार्थ मा.बि प्र.अ सुखाडि प्रसाद चाैधरी, समाजसेवी जाेखु गाैड ,जनमजय यादव,लक्षमण चाैधरी, बालमुकुन्द चाैधरी ,सिर्जनसिल युवा क्लब सचिव सन्जिव कुमार गाैड लगाएतले कार्यक्रमकाे शुभकामना मन्तब्य दिनुभएको थियो ।

खुल्ला पुरुष कबड्डी प्रतियोगितामा प्रथम कुडियाश्रीनगर ,द्धितिय सिद्धार्थ मा.बि गाेबरहिया र तृतीय फुलबरीया बिजय हुन सफल भएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई १५ कि.लाे.खसि,कप,मेडल द्धितिय हुनेलाई १२ कि.लाे.खसि,कप,मेडल र तृतीय हुनेलाई १० कि.लाे.कुखुरा ,कप,मेडल पुरस्कार प्रदान गरिएको छ । साे खेलकुद प्रतियाेगितामा नवलपरासीका ३० वटा खुल्ला पुरुष कबड्डी समुहको सहभागिता रहेकाे थियो ।

Advertisement